गैडाकोट १२ वेल्डियामा दुर्घटना/एक जना महिला घाइते

0

डोलराज रानाभाट, ६ श्रावण । गैडाकोट १२ मा आज बेलुका भएको सवारी दुर्घटनामा परि १ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तगर्तको गैडाकोट १२ फनपार्क नजिक भएको दुर्घटनामा मोटरसाइकलमा सवार एक जना महिला घाइते हुनुभएको हो । वालक सहित तीन जना सवार मोटरसाइकललाई कारले पछाडीबाट ठक्कर दिएको थियो । दुवै सवारी पूर्ववाट पश्चिम जाँदै गरेको र ना ४० प २०३६ नम्वरको मोटरसाइकललाई बा १५ च ८५४४ नम्वरको कारले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । कार चालक र वालकको अवस्था भने सामान्य रहेको र उनीहरु अहिले गैडाकोट प्रहरीको कार्यालयमा रहेका छन् । घाइते र चालकको थप जानकारी लिदै गरेको र अहिलेसम्म नाम थाहा हुन नसकेको गैडाकोट प्रहरी प्रमुख दिपक कुमार कार्कीले जानकारी दिनुभयो । स्थानीय मेघराज पौडेलका अनुसार कार चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको र गलत दिशाबाट कार आएका कारण दुर्घटना भएको उहाँको भनाई छ ।

Share.

Leave A Reply