चितवनमा अष्ट्रेलियन शैक्षिक मेला

0

६ श्रावण, चितवन । शैक्षिक परामर्श दात्री सस्था युनिक्याम्पस ग्लोवलले उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी यहि श्रावण ८ गते बुधबार शैक्षिक मेला गर्ने भएको छ । सो मेला भरतपुर स्थित भरतपुर गार्डेन रिसोर्ट, भरतपुर चितवनमा बिहान ९ बजेदेखि ५ बजे सम्म सञ्चालन हुनेछ ।
“गो अष्ट्रेलिया एजुकेशन फेयर” नाम दिईएको सो मेलामा अष्ट्रेलियाका बिभिन्न कलेज तथा विश्वबिद्यालयका प्रतिनिधिको समेत उपस्थिती रहने छ । अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श प्रदान मेलाको आयोजना गरिएको हो । मेलामा बिद्यार्थीको शैक्षिक तथा आर्थिक अवस्थाको मुल्याङ्कन गरी युनिक्याम्पसका अनुभवी काउन्सीलरहरुले बिद्यार्थी तथा अभिभावकहरुलाई सहजीकरण गर्ने छन् । मेलामा अष्ट्रेलियाको शिक्षा प्रणाली, नेपाली बिद्यार्थीहरुले पाउने छात्रबृत्ति एवं अन्य सुबिधाका बारेमा जानकारी प्रदान गरिन्छ । त्यस अलावा बिद्यार्थीे तथा अभिभावकहरुको चासो र जिज्ञासाको उत्तर स्वंय विश्वबिद्यालय तथा कलेजका प्रतिनिधिहरुले नै प्रदान गर्ने हुदा शैक्षिक मेला फलदायी हुने युनिक्याम्पस चितवनका बिजनेश डेभलपमेन्ट म्यानेजर अच्युत पण्डितले बताए । उनका अनुसार शैक्षिक मेलामा सेन्ट्रल क्वीजल्याण्ड युनिर्भसिटी (सिकियु), ल्याट्रप युनिर्भसिटी , युनिर्भसिटी अफ साउथ अष्ट्रेलिया, अष्ट्रेलियन क्याथोलिक युनिर्भसिटी (एसियु), एटिएमसी, साउथन क्रस युनिर्भसिटी , सिजम टेफ, नभितास ग्रुप लगायतको उपस्थिती रहनेछ । मेलामा कलेज तथा बिश्वबिद्यालयले अध्यापन गराउने बिषयहरु, अध्ययन तथा अध्ययन पछिका अवसरमा बारेमा पनि छलफल हुनेछ ।


नेपालको अग्रणी शैक्षिक परामर्श दातृ संस्था युनिक्याम्पस ग्लोवलले आयोजना गरेको शैक्षिक मेलामा अष्ट्रलियामा अध्ययन गर्दा लाग्ने खर्च, विश्वविद्यालय तथा कलेजहरुले दिने छात्रवृत्ति तथा छुट तथा विषय अनुसार पढाई सम्पन्न गरिसकेपछि बजारमा रोजगारीको सम्भावना लगायतका विषयमा जानकारी पाउनेछन् । एकै ठाँउबाट धेरै जानकारी प्राप्त हुने भएकोले बिद्यार्थी तथा अभिभावकहरुलाई मेला फलदायी हुने पण्डितले बताए । गुणस्तरिय तथा बिश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने पाठयक्रम तथा अन्तराष्ट्रिय बिद्यार्थीहरुका लागि बिभिन्न सुबिधाका कारण नेपाली बिद्यार्थीमाझ अष्ट्रलिया लोकप्रिय गन्तब्य बनेको छ ।
सो मेलामा सहभागी हुने बिद्यार्थीहरुलाई आईईएलटिएस (IELTS) तथा प्रोशेसिङ्गमा छुट प्रदान समेत गर्ने युनिक्याम्पस चितवनका बिजनेश डेभलपमेन्ट म्यानेजर अच्युत पण्डितले जानकारी दिनुभयो ।

Share.

Leave A Reply