गैडाकोटनगरपालिकाः सामाजिक सुरक्षा भत्ताका लागि नाम छुट्ला है ?

0

डोलराज रानाभाट, गैडाकोट, ५ श्रावण । गैडाकोट नगरपालिकाले एक सूचना जारी गर्दै सामाजिक सुरक्षा भत्ताका लागि नाम दर्ता गर्न आह्वान गरेको छ । २०७६ श्रावण १ गतेको मिति राखेर प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले हस्ताक्षर गरी जारी गरिएको सूचना अनुसार नाम दर्ता र नविकरण गर्न आग्रह गरिएको हो ।

आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि जेष्ठ नागरिक अन्यका लागि विस २०७७ साल फागुन मसान्त सम्म ७० वर्ष उमेर पुग्नुपर्ने र जेष्ठ नागरिक दलितको हकमा फागुन मसान्त २०७७ सम्म ६० वर्ष पुग्नुपर्ने मापदण्ड रहेको छ । यि मापदण्डमा पर्ने गैडाकोटनगरवासीहरुले नाम दर्ता तथा नविकरण गराउन सक्नेछन् ।

यसरी आफ्नो नाम दर्ता तथा नविकरण गराउने मिति विस २०७६ श्रावण १ देखि पौष मसान्तसम्म तोकिएको छ । मापदण्डभित्र पर्ने नगरवासीहरुले आफ्नो वडामा गएर नाम दर्ता तथा नियमित भत्ता पाउँदै आउनुभएकाहरुले नविकरण गराउन पनि गैडाकोट नगरपालिकाले आग्रह गरेको हो ।

Share.

Leave A Reply