कतारको अदालतले विनोदका लागि तोकेको ब्लड मनि संकलन/विनोदलाई नेपाल फर्काइदै

0

डोलराज रानाभाट, ५ श्रावण । कतारको जेलमा रहनुभएका माडीका विनोद रानाभाटलाई अदालतले तोकेको व्लड मनि संकलन भएको छ । आगामी अक्टोवर महिनासम्म अदालतले तोकेको ब्लडमनी २ लाख ६० हजार कतारी रियल नेपाली ८२ लाख रुपैया वुझाएमात्रै उहाँ रिहा हुने भएपछि विनोद रानाभाट रिहाई उद्दार समिति गठन गरेर आर्थिक संकलन कार्यको थालनी गरिएको थियो । पछि सामाजिक अभियान्ता अर्जुन भूषालको सक्रियतामा रकम संकलनले तिव्रता पाएको थियो ।

आजै मात्र रानाभाट तथा भाट समाज नेपाल जिल्ला कार्यसमिति नवलपुले पनि संकलित रकम हस्तान्तरण गरेको छ । जिल्ला अध्यक्ष सन्त वहादुर रानाभाटको सक्रियतामा संकलित ७२ हजार ५०० रुपैया आज वैँक खातामा जम्मा गरेर भौचर विनोदका वुवा ढाकामोहन रानभाट र सामाजिक अयिभन्ता अर्जुन भूषालाई संयुक्त रुपमा हस्तान्रण गरिएको हो । समाजले गैडाकोट इकाइबाट ३७ हजार ८५ रुपैया, प्रगतिनगर इकाइबाट २१ हजार ५ सय रुपैया, अमरापुरी इकाइबाट १० हजार र कावासोती इकाइबाट ४ हजार ५ सय ६० रुपैया संकलित भएको थियो ।

हस्तान्तरण कार्यक्रममा उद्धार समिति चितवनका संयोजक मनोज रानाभाटको रोहवरमा रकम हस्तान्तरण गर्दै अभियानमा सक्रियतापूर्वक लाग्ने सवैमा अध्यक्ष सन्त वहादुर रानाभाटले सवैमा धन्यवाद सहित परिवारजलाई चिन्तामा नवस्न आग्रह गर्नुभयो । अभियान्ता अर्जुन भुषालले एक महिनाको अवधिमा रकम संकलनले पूर्णता पाएको भन्दै आर्थिक सहयोग गर्ने सवैमा आभार सहित धन्यवाद व्यक्त गर्नुभएको छ । साथै अवबाट रकम सहयोग र संकलन रोक्न पनि उहाँले सवैमा अनुरोध गर्नुभएको छ । तर आफूले प्रतिवद्ध गरेको रकम र विभिन्न समूहबाट संकलित रकम भने जतिसक्दो चाँडो उद्धार समितिको खातामा जम्मा गर्नपनि भुषालले सामाजिक संजालमार्फत सवैमा आग्रह गर्नुभएको छ ।अभियान्त भूषाल सहित ज्वाला संग्रौलाको सक्रियतामा ११ लाख ५ हजार ५१४ रुपैया संकलन भएको थियो ।

Share.

Leave A Reply