उद्धार र राहतको व्यवस्था गर्न आग्रह

0

काठमाडौँ, ४ साउन (रासस)ः    विभिन्न ११ राजनीतिक दलले विगत केही दिनदेखि भइरहेको अबिरल वर्षा र तत्पश्चातको बाढी तथा पहिरोमा परेकालाई उद्धार र राहतको व्यवस्था गर्न आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माले), जनसमाजवादी पार्टी नेपाल, नेपाल समाजवादी काङ्ग्रेस, नेपाली काङ्ग्रेस (विपी) र जनमोर्चा पार्टीलगायतका दलले आज संयुक्त पत्रकार सम्मेलन गरी बाढी र पहिरोपछि सरकारले सरकारी संरचनालाई सही ढङ्गबाट परिचालन गर्न नसकेको भन्दै तदारुकताका साथ राहत र उद्धारकार्यमा लाग्न आग्रह गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सिपी मैनालीले नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र सार्वभौमिकतामाथि हुने कुनै पनि अवरोध र हस्तक्षेपलाई दृढताका साथ विरोध गर्नुपर्नेमा जोड दिनुभयो । ती पार्टीहरुले मुलुकमा व्याप्त भ्रष्टाचार, महङ्गी, असुरक्षा, महिला हिंसाको अन्त्य गर्नुपर्नेसमेत माग गरेका छन् ।

Share.

Leave A Reply