पटनाबाट पाइपलाइनमार्फत पठाइएको डिजेल अमलेखगञ्ज डिपोको ट्यांकीमा जम्मा गरियो

0


साउन ३ ।
भारतको पटनाबाट पाइपलाइनमार्फत डिजेल र पेट्रोल ल्याउन नेपाल तयार भएको छ । डिजेल र पेट्रोल ल्याउने पाइपलाइनको परीक्षण गरेसँगै तयार देखिएको हो । आज दिउँसो पाइपलाइनमार्फत ल्याइएको डिजेल नेपालको अमलेखगन्ज डिपोमा जम्मा गरिएको आयल निगमका नायब कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी गराए । पाइपलाइनमार्फत एक हजार किलोलिटर डिजेल अमलेखगञ्ज डिपोमा रहेको ट्यांकीमा जम्मा गरिएको हो । हिजो दिउँसो १२ बजे भारतको पटनाबाट पाइपमा पठाइएको तेल २४ घण्टापछि अमलेखगन्जको ट्यांकिमा झरेको हो । डिजेल झरेसँगै परीक्षण सफल भएको भट्टराईले बताए । उनकाअनुसार अब भने ट्यांकी बन्द गर्ने र नेपाल र भारतले संयुक्त रुपमा उद्घाटन गरेसँगै व्यावसायिक रूपमा संचालनमा ल्याइने छ । उद्घाटन नेपाल भारतका प्रधानमन्त्रीबाट गराउने तयारी भइरहेको जनाइएको छ । पाइपलाइन २४ घन्टा नै चलाएमा एकै दिन ४८ लाख लिटर डिजल नेपाल ल्याउन सकिने र यसले नेपालको माग धान्न सकिने निगमले जनाएको छ । पाइपलाइनबाट आउने डिजल भण्डारणको लागि अमलेखगञ्जमा ४१ लाख लिटर क्षमताका २ वटा र ३९ लाख लिटर क्षमताका २ वटा गरी १ करोड ६० लाख लिटर क्षमताका ४ वटा अत्याधुनिक टयांकी निर्माण भइसकेका छन ।

Share.

Leave A Reply