धनगढीमा भएको बम विस्फोटका घाइते १ जनाको मृत्यु

0

३ श्रावण । गएराति धनगढी उपमहानगरपालिका ४ शहीद गेटनजिक रहेको नीलम होटलमा बम विस्फोट हुँदा घाईते ५ जनामध्ये १ जनाको मृत्यु भएको छ । घाइते राम सिंहको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा गएराति ११ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जानकारी दिएको छ । आफैंले बोकेको बम विस्फोट हुँदा सिंहको कम्मर पछाडिको भागमा गम्भीर चोट लागेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट विप्लव समूहले विष्फोटक पदार्थ ओसार्दा उक्त दुर्घटना भएको खुलेको छ ।
उहाँको शव अहिले पोस्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ । सिंह बझाङका स्थायी बासिन्दा रविप्लव समूहको कार्यकर्ता भएको प्रहरी भनाइ छ ।

बम विष्फोटमा कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी–४, बोराडाडीका केशवराज पाण्डे घाइते भएका छन् । उनीहरू सबैको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Share.

Leave A Reply