नवलपुर जिल्लामा अपराधको ग्राफ उकालो/गत आवमा ४७० वटा मुद्दा दर्ता

0

डोलराज रानाभाट, २ श्रावण । नवलपुरमा अपराधका घटनामा वृद्धि हुँदै गएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको त्रिवर्षिय आपाराधिक तालिका अनुसार अपराध बढ्दै गएको हो । आर्थिक वर्ष २०७३÷०७४ मा ३९० वटा घटना भएकोमा गत आर्थिक वर्ष २०७५÷०७६ मा बढेर ४७० पुगेको छ ।

आर्थिक वर्ष २०७४÷०७५ मा भने ४६८ रहेको थियो । लगातारको दुइ आर्थिक वर्षको तुलनामा थोरै बढेपनि तीन आर्थिक वर्षको तथ्याङ्लाई हेर्दा घटनामा वृद्धि भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक मोहन प्रसाद पोखरेलका अनुसार गत आर्थिक वर्षमा ३४१ मुद्दा भने फर्छ्योट भएको छ भने १२९ वटा मुद्दाको फर्छोयोट हुन वाँकी रहेको छ ।

सवैभन्दा धेरै सवारी ज्यानसम्वन्धी र लागु औषध मुद्दा वरावरी संख्या ८६ घटना दर्ता भएको छ भने झुण्डिएर आत्महत्याको ८२ वटा मुद्दा दर्ता भएको छ । त्यस्तै जिल्लाभर कुल ४४ वटा सिसिटिभी जडान गरिएको र यसले सुरक्षामा सहयोग पुगेको उहाँको विश्वास थियो । जस अन्तर्गत गैडाकोटमा ७ वटा सिसिटिभी जडान गरिएको छ । साथै यस वर्ष जिल्ला प्रहरी कार्यालय नवलपुरले ४३६ जना अभियुक्त पक्राउ गरेको छ जसमा महिला भन्दा पुरषको संख्या धेरै छ ।

४१४ जना पुरुष पक्राउ परेका छन् । गत आर्थिक वर्षमा जिल्लाबाट ३६२ जना हराएकोमा १५२ जनामात्रै भेटिएका छन् भने अन्यको अवस्था अझै अज्ञातनै छ । यस्तै यस वर्ष ५१ वटा घरेलु हिँसाका घटनाको मुद्दा दर्ता भएकोमा ४२ जनालाई मिलापत्र गरि टुंग्याइएको छ भने ९ वटाको काम हुन वाँकी रहेको छ । गतवर्ष ३३३ जना महिला तथा वालवालिका हराएका छन् भने १९० अझै फेला पार्न नसकिएको एसपी पोखरेलले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा १ करोड २ हजार राजश्व संकलन गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले कपडा,सवारी साधनको पार्टपुर्जा, किराना सामान गरि १७ लाख ३५ हजार ७९० रुपैयाको राजश्व वरावरको अवैध सामान वरामद गरेको छ ।

Share.

Leave A Reply