पुननिर्माण अन्तर्गत गैडाकोट नगरभित्रका ६ मध्ये २ विद्यालयको मात्रै भवन वन्यो

0

जिल्लाभर निर्माण विद्यालयका तस्बिर

डोलराज रानाभाट, २ श्रावण, गैडाकोट । पुननिर्माण अन्तर्गत गैडाकोट नगरपालिका भित्रका २ वटा विद्यालयले नयाँ भवन निर्माण गरेका छन् । गत आर्थिक वर्ष २०७५/०७६ मा पहिलो चरण अन्तर्गत ३५ वटा विद्यालयको प्रगति विवरणमा २ वटा विद्यालले भवन निर्माणकार्य सम्पन्न गरेका हुन् । देउराली आधारभूत विद्यालय आहालले २ कोठे भवन निर्माण सम्पन्न गरेको हो भने कृष्णगण्डकी मावि ढोडेनीले ४ कोठे भवन निर्माण गरेको हो ।

उनीहरुले २०७५ मंसीर ८ मा सम्झौता गरेर निर्माण थालेका थिए । तर जिल्लाभर ४ वटा विद्यालयले भने अझैपनि भवन निर्माण सम्पन्न गरेका छैनन् । त्यस्तै दोस्रो चरणमा ३७ विद्यालयको प्रगति विवरणमा गैडाकोट नगरभित्रका ४ वटा विद्यालयको निर्माणकार्य चलिरहेको छ । जसमा मुकुन्दसेन आधारभूत विद्यालय भेडावारीले २ कोठे,पन्चज्योति आधारभूत विद्यालय गैडाकोट १४ ले ३ कोठे,विरेन्द्र आधारभूत विद्यालय बसेनीले ३ कोठे र जनजागृती आधारभूत विद्यालय घोक्रेफाटले २ कोठे भवन निर्माण गरिरहेको छ । यी मध्ये विरेन्द्र र जनजागृती आधारभूत विद्यालयको भवननिर्माणको मात्रै ३५ प्रतिशत काम सकिएको छ । उक्त विद्यालयलहरुले भने गत जेठ ५ गते मात्रै सम्झौता गरेर काम सुरु गरेका थिए ।

त्यस्तै पुननिर्माण अन्तर्गत शौचालय निर्माणको योजना भने नगरभरी एउटा मात्रै विद्यालयलाई परेको छ । दमारमा रहेको बालज्योति माविले उक्त योजना पाएको हो । जिल्लाभर ३० वटा विद्यालयलाई प्राप्त शौचालय निर्माणको कार्य अहिले चलिरहेको छ । उनीहरुले गत जेठ २२ गते सम्झौता गरेर काम सुरु गरेका थिए । यसैविच नयाँ आर्थिक वर्ष २०७६/०७७ देखि भने विद्यालय तर्फको पुननिर्माणको लागी नयाँ कार्यालय स्थापना भएको कार्यालय प्रमुख राजेश्वर पराजुलीले जानकारी दिनुभयो ।

नीजि आवास अनुदानतर्फ ११७ मा ४९ जना मात्रै लाभग्राही

यसैविच गैडाकोट नगरपालिकाभरिबाट गत आर्थिक वर्ष २०७५/०७६ मा ११७ जनाले आफ्नो नाम टिपाएका थिए । तर ४९ जना मात्रै वास्तविक लाभग्राही सुचीमा परेका थिए ।

पहिलो किस्तामा ४९ जनाले पाएको किस्ताको प्रतिफल सतप्रतिशत देखिएको छ भने दोस्रो किस्ता लिने ४२ जनाको प्रगति ८५ दशमल ७ प्रतिशत छ भने तेस्रो किस्ता लिएका ३९ जनाको प्रगति ७९ दशमवल ५९ प्रतिशत रहेको छ । जिल्लाभर २ हजार २ सय ४० गुनासो दर्ता भएपनि ८५२ जनामात्रै वास्तविक लाभग्राही सूचीमा समावेश भएका थिए ।

Share.

Leave A Reply