अक्सफोर्ड कलेज गैडाकोटद्वारा शैक्षिक अभिमुखीकरण

0

गैडाकोट, १ श्रावण । अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङग एण्ड म्यानेजमेण्ट गैडाकोटले कक्षा ११ का बिद्यार्थीलाई शैक्षीक अभिमुखीकरण गरेको छ । बुधबार नारायणी रिसोर्टमा भएको अभिमुखीकरणमा ११ कक्षामा के बिषय लिएर पढदा के कस्ता अवसर प्राप्त हुन्छ, बिषय छनौट कसरी गर्न सकिन्छ लगायतका शैक्षिक बिषयमा बिद्यार्थीलाई अभिमुखीकरण गरिएको थियो । कार्यक्रममा अक्फोर्ड कलेज बिज्ञान संकाय शाखा प्रमुख कृष्णहरि पौडेल, व्यवथापन संकाय शाखा प्रमुख नारायणपसाद सापकोटा लगायतले बिद्यार्थीलाई अभिमुखीकरण गराउनुभएको थियो । कार्यक्रममा अभिभावक बुद्धिसागर भण्डारीले बिद्यार्थीले अनुशासीत रुपमा शिक्षा ग्रहण गर्नुपर्ने र त्यो वातावरण कलेजले बनाउनुपर्ने बताउनुभयो । यस्तै कार्यक्रममा शिक्षकहरुले बोल्दै आफ्नो बिषयमा सिकाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा अक्फोर्ड कलेज अफ ईन्जिनियरिङग एण्ड म्यानेजमेण्ट एवम अक्फोर्ड माध्यामीक विद्यालयका अध्यक्ष नारायण भण्डारीको प्रमुख आतिथ्य रहेको थियो भने अध्यक्षता अक्फोर्ड कलेज अफ ईन्जिनियरिङग एण्ड म्यानेजमेण्ट गैडाकोटका प्राचार्य प्रोफेसर ईन्जिनियर हरि भण्डारीको रहेको थियो । कार्यक्रम संचालन कलेजका सहायक प्राचार्य तिलकराम पन्थीले गर्नुभएको थियो । कक्षा ११ का ५ सय बढि बिद्यार्थीको सहभागिता रहेको थियो भने बिद्यार्थीहरुले बिभिन्न सांस्कृतिक प्रस्तुती प्रर्दशन गरेका थिए ।

Share.

Leave A Reply