उपभोक्ताको सपनाले साकार पायो ः अध्यक्ष चापागाई

0

डोलराज रानाभाट, १ श्रावण, गैडाकोट ।  विजयनगर पम्पिङ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था गैँडाकोट ६ का नवनिर्वाचित अध्यक्ष सुभाष चापागाईंले पानीको समस्यालाई समाधान गर्न उपभोक्ताले देखेको सपनाले साकार पाएको बताउनुभएको छ ।

भारी मतले विजयी हुनुभएका चापागाईले जितपछि आफ्नो भनाई राख्दै उम्मेदवारी दिने ३३ जना सवै मिलेर यसको विकास र शुद्ध पिउने पानी निरन्त उपलब्ध गराउनेगरी आफू लागिपर्ने बताउनुभयो । उहाँले वडाहरुमा रहनुभएका गरीव विपन्न वर्गका लागि विशेष महत्व दिएर  काम गर्ने बताउँदै ८६७ उपभोक्ताको चाहाना र माग अनुसार आफु अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“ यो जित भन्दापनि आशिर्वाद हो ।” आफूलाई निर्वाचित गराएकोमा सवैमा आभार व्यक्त गर्दै संस्थाप्रतिको माया र सद्भाव देखाउने सवैमा धन्यवाद दिँदै निरन्तर सुझाव सल्लाह आवश्यक रहेको बताउनुभयो ।

विजयनगर खानेपानीको अध्यक्षमा शुभाष चापागाईं भारी मतका साथ निर्वाचित

विजयनगर खानेपानीको अध्यक्षमा शुभाष चापागाईं भारी मतका साथ बिजय । के भन्नुहुन्छ विजय पछी अध्यक्ष ।

Posted by Vijaya FM on Tuesday, 16 July 2019

Share.

Leave A Reply