विजयनगर खानेपानीको अध्यक्षमा शुभाष चापागाईं भारी मतका साथ निर्वाचित

0


गैँडाकोट, १ श्रावण । विजयनगर पम्पिङ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था गैँडाकोट ६ को अध्यक्षमा नेकपा प्यानलका सुभाष चापागाईं भारी मतले विजयी हुनुभएको छ । कुल  ७ सय २७ मत खसेको थियो । खसेको मत मध्ये चापागाईंले ३ सय ६१ को भारी मतले निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्धन्दी नेपाली काँग्रेस सहितको संयुक्त प्यानलका विष्णुप्रसाद सापकोटाले २०२ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा पनि नेकपा प्यानलकै सिता गिरी ३०९ मतका साथ निर्वाचित हुनुभएको छ । उहाँकी प्रतिद्धन्दी संयुक्त प्यानलकी लक्ष्मी विकले २५३ मत प्राप्त गर्नुभयो ।


सचिव पदमा नेकपाका जयराम कंडेलले ३०३ मत ल्याई विजयी हुनुभयो । उहाँका प्रतिद्धन्दी इन्द्रराज ज्योति पौडेलको भने २४६ मत आएको छ । कोषाध्यक्षमा पनि नेकपा प्यानलका इन्द्रमणि चालिसे २८५ मतका साथ विजयी हुँदा उहाँका प्रतिद्धन्दी प्रेमप्रसाद सापकोटाले २७१ मत प्राप्त गर्नुभयो । सहसचिवमा दुर्गा प्रसाद सापकोटाले २८९ मत ल्याउदा अर्का उम्मेदवार लक्ष्मी प्रसाद चौधरी २५५ मत प्राप्त गर्नुभएको छ ।


सदस्यतर्फ संयुक्त प्यानलका इश्वरी जिशि बाहेक सबैमा नेकपा प्यानलका विजयी भएका छन् । ईश्वरी जिशि २८६ मतका साथ विजयी हुनुभएको हो भने नेकपा प्यानलका देवीप्रसाद गौतम ३०९, नेत्रप्रसाद सापकोटा ३२९, मोतिलाल सापकोटा २९७, शिवप्रसाद पाण्डे २८६, तिर्थबहादुर दराई २६४, कविता विक २६४ र गुना कुमारी घर्ति दराई २५८ विजयी हुनुभएको छ ।

लेखा समितिमा पनि नेकपा प्यानल नै विजयी भएको छ । संयोजकमा गोविन्दप्रसाद सापकोटा ३२३ मतका साथ विजयी हुँदा उहाँका प्रतिद्धन्दी विवेकराज पाठकले २ सय १२ मत प्राप्त गर्नुभयो । लेखा समिति सदस्यमा श्याम प्रसाद चापागाई २७७, विष्णुमाया राई २६४ मतका साथ विजयी हुनुभएको छ । लेखा समिति सदस्यका प्रतिद्धन्दीहरु ध्रुव पौडेलले २२१ र पार्वती सापकोटाले २५२ मत प्राप्त गर्नुभएको थियो ।

सदस्यहरुको प्राप्त मत परिणाम

आत्मराम पौडेल २३४,
दिनुराम सापकोटा २२९,
लिलाधर कडेल २३३,
कोपीला गिरी २५०,
नाम कुमारी सापकोटा २१४
ईश्वरी जिशि २८६
मायादेवी ठकुरी २३४
रमाकुमारी चालिसे २५१
देवीप्रसाद गौतम मोहन ३०९
नेत्रराज सापकोटा केदार ३२९
मोतिलाल सापकोटा २९७
शिवप्रसाद पाण्डे अर्जुन २८६
तीर्थ बहादुर दराई २६४
कविता विक २६४
गुना कुमारी घर्ति दराई २५८
सुवर्ण कंडेल २४५

Share.

Leave A Reply