पौडेलले टेलिफोनबाट भने “भूलबस पत्रिकाको नाम जोडियो”

0


गैँडाकोट, १ श्रावण । गैँडाकोट नगरपालिका वाड नंं. २ का अध्यक्ष ध्रुवराम पौडेलले विजय खबर पत्रिकाको कार्यालयमा टेलिफोन सम्पर्क गरी फेसबुकको स्टाटसमा पत्रिकाको नाम भूलबस भएको बताउनुभएको छ । फेसबुकमार्फत सार्वजनिक रुपमा आरोप लगाउनुभएका पौडेलले सार्वजनिक रुपमा आत्मालोचना नगरी टेलिफोन मार्फत पत्रिका प्रति क्षति पुगेकोमा दुःख व्यक्त गर्दै भूल स्वीकार गर्नुभएको छ । वडा अध्यक्ष पौडेलले मंगलबार विजय खबर पत्रिकामा प्रकाशन नै नभएको समाचारलाई लिएर नियोजित ढंगबाट विजय खबरमा समाचार प्रकाशित भएको भनि आरोप लगाउनुभएको थियो । विजय खबर पत्रिकाले आरोपको खण्डन गर्दै मंगलबार नै विज्ञप्ती जारी गर्दै लगाइएको झुटो आरोपप्रति आत्मालोचना गर्न आग्रह गरेको थियो ।

Share.

Leave A Reply