विजयनगर खानेपानी गैडाकोटमा मत गणना सुरु

0

डोलराज रानाभाट, ३१ असार, गैडाकोट । विजयनगर पम्पि∙ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैंडाकोटको मतगणना सुरु भएको छ । साँझ ७ बजे सुरु हुने भनिएपनि साँढे ८ बजेबाट सुरु भएको हो । वडानम्वर ६, ७, ८ र ९ बाट भएको मतदानमा अहिले सुरुमा ७ र ९ को गणना सुरु भएको छ । ८ सय ६६ जना उपभोक्ता रहेकोमा जम्मा ७२७ मत खसेको निर्वाचन समितिका संयोजक बोलप्रसाद भुषालले जानकारी दिनुभयो । अध्यक्ष पदमा संयुक्त प्यानलबाट विष्णुप्रसाद सापकोटा र नेकपा प्यानलबाट सुभाष चापागाईं प्रतिस्पर्धामा हुनुहुन्छ । यस्तै संयुक्त प्यानलबाट उपाध्यक्षमा लक्ष्मी बिक, सचिवमा इन्द्रराज ज्योति पौडेल, कोषाध्यक्षमा, प्रेमप्रसाद सापकोटा, सहसचिवमा लक्ष्मीप्रसाद चौधरी रहनुभएको छ । यस्तै सदस्यहरुमा आत्मराम पौडेल, दिनुराम सापकोटा, लिलाधर कंडेल, कोपिलामणि गिरी, नामकुमारी सापकोटा, आरक्षण सदस्यमा ईश्वरी जिसि, मायादेवी ठकुरी, र रमाकुमारी चालिसेले उम्मेदवारी परेको छ । त्यस्तै लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा विवेकराज पाठक, सदस्यहरुमा ध्रुव पौडेल र पार्वती सापकोटाले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै नेकपा प्यानलबाट उपाध्यक्षमा सीता गिरी, सचिवमा जयराम कंडेल, कोषाध्यक्षमा इन्द्रमणि चालिसे, सहसचिवमा दुर्गाप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै सदस्यहरुमा देवीप्रसाद गौतम ‘मदन’, नेत्रराज सापकोटा ‘केदार’, मतिलाल सापकोटा, शिवप्रसाद पाण्डे ‘अर्जुन’, तीर्थबहादुर दराई, आरक्षण सदस्यमा कविता विक, गुनाकुमारी घर्ती दराई र सुवर्ण कंडेलले उम्मेदवारी दिनुभएको छ । यस्तै लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा गोविन्दप्रसाद सापकोटा सदस्यमा श्यामप्रसाद चापागाई र विष्णुमाया राईको उम्मेदवारी परेको छ ।

Share.

Leave A Reply