धुसेरी सामुदायिक वन रजहर नेपालमै दोस्रो/७५ हजार नगद सहित गणेशमान सिँह पुरस्कारबाट सम्मानीत

0

डोलराज रानाभाट,३१ असार, गैडाकोट । नवलपुरको रजहरमा अवस्थित धुसेरी सामुदायिक वन उपभोक्ता समूहले गणेशमान सिँह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । देशभरमा रहेका सामुदायिक वन मध्ये धुसेरी दोस्रो स्थान हासिल गर्दै ७५ हजार नगद प्राप्त गरेको हो ।

सामुदायिक वनको संरक्षण, प्रवद्र्धन,दिगो उपयोग, वातावरण सन्तुलनको क्षेत्रमा अहम भूमिका खेलेको भन्दै वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन तथा भू संरक्षण विभागले सम्मान गरेको हो । साथै जैविक विविधता संरक्षण र गरिबी न्यूनिकरणमा समेत ठूलो काम गर्दै आएको सामुदायिक वनले आर्थिक वर्ष २०७५÷०७६ को सो पुरस्कार प्राप्त गरेको हो ।

वन तथा वातावरण मन्त्री शक्ति वहादुर वस्नेतले आज उपभोक्ता समुहका अध्यक्ष लोक वहादुर कार्की क्षेत्रीलाई पुरस्कार प्रदान गर्नुभएको हो ।

४०२ दशमवल १३ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा १ हजार १७५ उपभोक्ता आवद्ध रहेका छन् । पुरस्कार प्राप्त पछि सामुदायिक वनको थप संरक्षण र प्रवद्र्धनमा हौसला मिलेको भन्दै अध्यक्ष कार्कीले धुसेरीलाई अन्तराष्ट्रिय स्तरमा चिरपरिचित गराउन आफूहरु लागि पर्ने बताउनुभयो ।

धुसेरीलाई यहाँसम्म ल्याइपुर्याउन सहयोग गर्नुहुने पदाधिकारी, उपभोक्ता, विभिन्न राजनैतिक दल, सामाजिक व्यक्तित्व तथा सरकारी निकाय लगायतलाई अध्यक्ष कार्कीले धन्यवाद दिँदै आगामी दिनमा यस्तै साथ र सहयोग गर्न आग्रह गर्नुभयो ।

Share.

Leave A Reply