जनप्रतिनिधीद्वारा विजय खबरको मानमर्दन

0

असार ३१, गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. २ का वडा अध्यक्ष ध्रुवराम पौडेलले विजय खवर पत्रिका प्रति सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गरेको प्रति विजय खबर पत्रिकाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
वडा अध्यक्ष पौडेलले अन्य अनलाइन पत्रिकामा छापिएको समाचारलाई बिजय खवर पत्रिकामा छापिएको भनि विजयखवर पत्रिका प्रति लाञ्छना लगाउने दुरासय राखी आफ्नो फेसबुक मार्फत लाञ्छना लगाएका थिए ।

स्वतन्त्र प्रेसप्रति लाञ्छना लगाउनुपूर्व समाचारको स्रोत र समाचारका विषयवस्तु अध्ययन गरेर सम्बन्धित प्रेस प्रतिनिधिसँग संवादगर्नुको साटो हुँदै नभएको कपोलकल्पित र भ्रामक अभिव्यक्ति सामाजिक सञ्जालमा सार्वजनिक गर्नुले वडा अध्यक्षको प्रेस जगत प्रतिको नियत प्रष्ट भएको विजय खबरद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । विजय खबरका सम्पादक श्रीधर उपाध्यायद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ – “स्वतन्त्र प्रेस विना लोकतन्त्र कदापी मजबुद बन्न सक्दैन । स्थानीय सरकारका प्रतिनिधिबाटै स्वतन्त्र प्रेसको मानमर्दन गर्ने गरी दिएको अभिव्यक्ति किमार्थ स्विकार्य छैन ।”


वडा अध्यक्ष पौडेलले निजिविद्यालयमा वडा अध्यक्षले सभापतिको आसन ग्रहण गरेको आसयको समाचार प्रकाशन गरेको र नियोजित ढंङ्गबाट समाचार नबनाउन आरोप सहितको स्टाटस राखेका छन् । वि.सं. २०७६ अषाढ ३१ गते मंगलबार प्रकाशित विजयखबर पत्रिकामा त्यो आशयको समाचार प्रकाशन नभएको विज्ञप्तीमा जनाईएको छ ।
सामाजिक सञ्जालमा स्टाटस देखेपछि संस्थागत रुपमा नै वडा अध्यक्षलाई जानकारी गराउँदापनि सामाजिक सञ्जालमा आत्मालोचना सहितको अभिव्यक्ति नआएको हुँदा विजयखबर पत्रिकाको मानमर्दन भएको महशुस गरि सच्याउन आग्रह गरेको छ । “प्रेस जगतको सम्मान र संरक्षण गर्नुपर्ने स्थानीय सरकारका जनप्रतिनिधिले नियोजित रुपले पत्रिकाको मानमर्दन गर्नु अत्यन्त दुःखको कुरा हो”–विज्ञप्तीमा भनिएको छ ।
संमृद्ध नगरपालिका निमार्ण गर्ने अभियानमा विजयखवर पत्रिका निरन्तर लागिरहेको र लागिरहने समेत जानकारी गराउँदै विजयखवर पत्रिकाप्रति व्यक्त गरिएका नकारात्मक टिप्पणी तत्काल हटाउँदै सार्वजनिक रुपमा आत्मालोचना गर्नका लागि समेत विज्ञप्तीमार्फत जोडदार माग गरिएको छ ।

Share.

Leave A Reply