खाल्डा खुल्डी राजमार्ग ! १८ किलोमिटरमा २०० बढि खाल्डो

0

३० असार, गैडाकोट । गैडाकोट नगरपालिका अन्तर्गत पर्ने पूर्व पश्चिम राजमार्गमा खाल्डैखाल्डा हुँदा दुर्घटनाको सम्भावना बढेको छ । गैडाकोट नगरपालिका अन्तर्गत पूर्व पश्चिम राजमार्गको १८ किलिमिटर पर्छ ।

त्यहि १८ किलोमिटर भित्र राजमार्गमा २०० भन्दा बढि खाल्डाखुल्डी रहेका छन् । सडकको विचमै ठूला ठुला खाल्डाखुल्डी रहेका कारण विशेषत दुई पाग्रे सवारी स्कुटर र मोटरसाइकल बढि दुर्घटनाको जोखिममा परेका हुन् । खाल्डाखुल्डी छलाएर यात्रा गर्छु भन्दा त्यसले दुर्घटना वढाउने सम्भावना देखिदा समेत त्यसको मर्मतका लागि कसैले चासो नदिँदा नगरवासीले बढि हैरानी खेप्न परेको छ ।

Share.

Leave A Reply