गैंडाकोट ३ ढोडेनीमा रहेको भुजेल गाउँमा खानेपानी योजनाको शिलन्यास

0

 


गैंडाकोट, असार ३०
गैंडाकोट ३ ढोडेनीमा रहेको भुजेल गाउँमा खानेपानी योजनाको शिलन्यास गरिएको छ । रोटरी क्लब अफ गैंडाकोट, रोटरी क्लब अफ नारायणगढ, रोटरी कम्युनिटि क्रप्स भुजेल गाउँ, गैंडाकोट नगरपालिका तथा गैंडाकोट नगरपालिका वडा नम्बर ३ वडा कार्यालयसँगको सहकार्यमा खानेपानी योजनाको शिलन्यास गरिएको हो ।

रोटरि क्लबले यसअघि सो क्षेत्रलाई नमुना रोटरी भुजेल गाउँ घोषणा गरि विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको छ । ९ महिनाभित्र खानेपानी पु¥याउने योजना सहित सोमबार खानेपानी योजनाको शिलन्यास गरिएको रोटरी क्लब अफ गैंडाकोटका अध्यक्ष करुणासागर सुवेदीले जानकारी दिनुभयो ।


स्वच्छ , स्वस्थ्य र सहज खानेपानीको उपलब्धता नहुदा गैडाकोट ३ भुजेल गाउँका स्थानीय घण्टौं हिडेर कुवा, खोलाकोे पानी खान बाध्य छन । रोटरी क्लबले गैडाकोट ३ भुजेल गाउँमा रहेको खानेपानीको समस्या समाधान गर्न रोटरी क्लबले खानेपानी योजनाको शिलन्यास गरेको हो ।


विजय एफएमबाट रिपोर्ट प्रशारण भएपछि सरोकारवालाको सक्रियता संगै बिग्रेको पानी तान्ने मोटर बनेको छ । मोटर बने संगै केहि समययता खानेपानीका लागि बिद्युत भएको समयमा केहि सहज भएपनि पर्याप्त मात्रामा भने भुजेल गाउँका स्थानीयले खानेपानी पिउन पाएका छैनन ।


खानेपानी योजनाको गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले शिलन्यास गर्नुभएको हो । यो योजनाले भुजेल गाउँको खानेपानीको समस्या अन्तय हुने उहाँको दावी छ । उहाँले समग्र नगरको समृद्धिका लागि नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।
ईन्जिनियर गुनेश्वर महतोले गाउले आफै जुटे भने काम गर्न सहज हुने र योजना दिगो हुने बताउनुभयो । खानेपानी योजना समयमै सम्पन्न गर्न र योजनालाई दिगो राख्न स्थानीयको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । एक घर एक धाराको योजना अनुरुप नै काम गरिरहेको बताउदै स्वथ्य खानीपानी पु¥याउने लक्ष्य रहेको बताउनुभयो ।


कार्यक्रममा रोटरी क्लब अफ नारायणगढका अध्यक्ष सुसनलाल प्रधान, गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्य, रोटरी क्लब अफ गैंडाकोटका निवर्तमान अध्यक्ष गोपेन्द्रकेशरी न्यौपाने, रोटरी कम्युनिटि क्रप्स भुजेल गाउँका अध्यक्ष दिलबहादुर भुजेल, विजय एफएमका जनसम्पर्क अधिकारी तिलक सुवेदी लगायतको उपस्थिती रहेको थियाृे ।

Share.

Leave A Reply