विश्वकप क्रिक्रेटको उपाधी इंग्ल्यान्डलाई, रोमाञ्चक खेलमा न्युजिल्यान्ड पराजित

0

गैडाकोट, ३० असार । आइसिसी विश्वकप क्रिकेट २०१९ को उपाधि इंग्ल्यान्डले उचालेको छ। हिजो लन्डनमा भएको उपाधि भिडन्तमा न्युजिल्यान्डलाई पराजित गर्दै इंग्ल्यान्डले पहिलो पटक उपाधी हात पारेको हो । सन् १९७९, १९८७ र १९९२ को विश्वकपको फाइनल पुगे पनि उपविजेतामै सीमित बनेको इग्ल्याण्डले जित हात पारेको छ भने न्युजिल्यान्ड भने सन् २०१५ को फाइनलमा पुगे पनि अस्ट्रेलियासँग पराजित भएको थियो।

इंग्ल्यान्ड र न्युजिल्यान्डले समान स्कोर बनाएपछि खेल रोमाञ्चक सुपर ओभरबाट विश्वविजेतको टुंगो लागेको हो। सुपर ओभरमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १५ रन जोड्यो। इंग्ल्यान्डका लागि बेन स्टोक्स र जोस बटलरले ब्याटिङ गरेका थिए भने न्युजिल्यान्डका ट्रेन्ट बोल्टले बलिङ गरेका थिए। स्टोक्सले १ चौका सहित ८ रन र बटलरले १ चौकासहित ७ रन जोडे।

न्युजिल्यान्डका लागि सुपर ‌ओभर मार्टिन गुपटिल र जीमी निसमले ब्याटिङ गर्दा उसका लागि जोफ्रा आर्चरले बलिङ गरेका थिए। सुपर ओभर समेत बराबरी भयो। जसकारण इंग्ल्यान्ड बढी बाउन्ड्रीको आधारमा च्याम्पियन बन्यो। इंग्ल्यान्डले सुपर ओभरमा २ बाउन्ड्री हान्दा न्युजिल्यान्डले १ बाउन्ड्री प्रहार गरेको थियो ।

त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन जोड्यो। जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले पनि सबै विकेट गुमाउँदा २४१ रन नै जोड्यो। त्यसअघि लन्डनस्थित लर्डसमा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन जोड्यो।

Share.

Leave A Reply