ट्रकले हानेको विद्युत पोल भोलि फेरिने

0

डोलराज रानाभाट, २९ असार । नवलपुरको गैडाकोट स्थित थुम्सि जंगल पारि संगमचोक मुकुन्दपुरबाट १०० मिटर पूर्वतिरको विद्युतको पोल भोलिमात्रै हालिने भएको छ । कावासोतीतर्फ बाट आउँदै गरेको ट्रकले ठक्कर दिएको विद्युतको पोल भाँचीएको छ । ना ३ ख ७८४२ नम्वरको ट्रक तिव्र गतिका कारण राजमार्गबाट सिधै विद्युतको पोलमा ठोकिन पुगेको थियो । आज विहान पौने ९ बजे उक्त दुर्घटना भएपछि अवरुद्ध भएको विद्युत नेपाल विद्युत प्राधिकरण गैडाकोट प्रशारण शाखा प्रमुख सुजन रिजालको सक्रियतामा विहान ११ बजेर ५० मिनेटमै आएको थियो । ट्रकले ठक्कर दिएको दुई वटा पोलमा पहिला सिमेन्टको हाइटेन्सको पोल र अर्को लो भोल्टेज प्रवाह हुने फलाममको गरि दुवै पोलमा क्षती पुगेको छ । एउटै कम्पनीको सवारी प्रतिस्पर्धामा कुदेको र आभेरटेक गर्दा पूर्ववाट जाँदै गरेको अर्को सवारीलाई साइड दिन खोज्दा ट्रक सिधै पोलमा ठोक्नि पुगेको थियो । ट्रक धनीले भोलि पोलको क्षतीपूर्ति तिरेपछि भोलिनै नयाँ पोल गाडीने रिजालको भनाई रहेको छ ।

Share.

Leave A Reply