सहजमा आएर फेरिएको ज्योतीको कथा

0

मेरो नाम ज्योती पाठक । १२ बर्ष की भएँ कक्षा ५ मा पढ्छु  । सहज सामुदायिक  अस्पतालमा कृत्रिम खुट्टा राख्नका लागि पाल्पाबाट आउनुभएकी ज्योती यति भन्दा अरु बोल्नुभएन ।  कति बर्षकी हुँदा आफनो खुट्टा भाँचिएको हो भन्ने याद पनि उहाँ लाई रहेनछ । होस् पनि कसरी भर्खर १२ बर्षको कलिलोे उमेर न छ । खासै बोल्ने बानी पनि रहेनछ । उनको आडैमा बस्नुभएकी उनकी आमाले भने हामीलाई सबै कुरा भन्नुभयो “ढेड बर्ष भयो बैशाखीको साहारामा हिँडेकी छ ।

 

बिद्यालयबाट साथीभाईसगँ घर फर्किदै थिइ । आउँदा आउँदै बाटोमा टेक्टरले किचेर दायाँ खुटा भाँचियो । जति नै कोसीस गर्दा पनि सन्चो भएन अन्तिममा खुटा काटेर फाल्नुपर्यो ।”
यति भन्न नपाउँदै उहाँको आखाँको आशु रोकिएन । आमा रोएको  देखेपछि ज्योती पनि सँगसँगै रुन थाल्नुभयो । एकैछिन वातावरण मौन भयो । एकै छिन पछि फेरी ज्योतीको आमाले भन्नुभयो “दुबै खुटाले राम्रोसगँ हिड्न सक्ने छोरी आज यस्ती होली जस्तो लागेको थिएन । आज अचानक यस्तो भयो । खाली यसैको मात्र पिर लाग्छ । हुन त मेरो अरु दुई वटा छोरा छोरी पनि छन् । तर यसैको मात्र चिन्ता लाग्छ यसको भबिष्य कस्तो हुने होला । सपाङ्ग बच्चा जन्माएको थिए ।  सबै राम्रो थियो तर त्यो दिन नचिताएको भयो । यिनैको बारेमा सोच्दाचोच्दै हराउँछु न केही गर्न मन लाग्छ न कहीँ जान,  घरमा एक्लै बस्न पनि मन लाग्दैन छोराछोरी विद्यालय गएपछि म यो घरमा नै बस्दीन घरमा बस्यो की मनमा नानाथरी कुरा खेल्छन् ।”
हामीले फेरी ज्योती लाई सोध्यौँ । अहिले कृत्रिम खुट्टा राखेपछि कस्तो लागेको छ । उहाँ भन्नुहुन्छ “म यो खुसीको बयान गर्ने सक्दीन, मेरो अनुहार हेरेर आफै अनुमान लगानुहोस् । मेरा विगतका क्षणहरुलाई सम्झनुपर्दछ यति खेर, आमाको काखमा बसेर विद्यालय जानुपर्ने बाध्यता हट्नेछ, त्यो भन्दा पनि आमाको काखमा बस्दा आमाको हड्डी विझाउँथ्यो, आमालाई केही भन्दैनथे, किनकी आमाको ममताका अगाडि ती सबै गौण थिए । आमाको हड्डी विझाउने बाट छुट्कारा भन्दा पनि मेरो आमाको दुःखमा केही मलमपट्टी भएको महशुस गरेको छु  । खेलकुदका कार्यक्रममा सहभागि भइरहन्थे, अब झन बढी आत्मबल बढेको छ । हौसला बढेको छ । मेरो लागि रुमाल लुकाइ, तातो आलु, स्किपिङ, फुटबल खेल प्रिय छन् ।”
छोरीको नजिकै बसेर ममताले सुम्सुम्याउँदै आमाले भन्नुभयो “छोरीले दुबै खुट्टाले हिडन सक्छे र ? भन्ने चिन्ता थियो, अब भने आशा पलाएको छ । सहज सामुदायिक अस्पतालमा आएर खुट्टा राखेपछि, थप आशा र खुसी थपिएको छ । यसको उपचारका लागि पोखरा, भारत जहाँ पनि पुगे । निराशा भरिएको छ । छोरी अरु जस्तै हिंड्न सक्दीनकी भन्ने पिर थियो । सहज सामुदायिक अस्पतालमा आएर कृत्रिम खुट्टा राखेपछि हाम्रो परिवारमा खुसी नै खुसी छाएको छ । ”
ज्योती त एक प्रतिनिधी पात्र मात्र हुन् । हाम्रो समाजमा अझै धेरै अपाङ्ग छन् जस भित्र एउटा छुट्टै समस्या र कहानी लुकेको छ । सपाङग नै जन्मिएका कति धेरै व्यक्ति बिभिन्न दुर्घटनामा परि शरिरको कुनै न कुनै अङ्ग गुमाउन बाध्य छन् । कतिले त आफ्नो गुमेको अंग कृत्रिम भएपनि हाल्न सक्छन तर सबैमा यो सम्भब र सहज छैन कसैलाई आर्थिक अवस्थाले पिरोलेको छ त कसैलाई शारिरिक समस्याले । त्यसैले समाजमा रहेका ज्योती जस्ता धेरै व्यक्तिलाई हौसला र सहयोगको आवश्यक छ ।
विजय एफएमकी पत्रकार पवित्रा पराजुलीले ज्योती पाठक र उनको आमासंग गर्नुभएको कुराकानीमा आधारित ।

Share.

Leave A Reply