गैडाकोटका १५९ उपभोक्ता कालोसूचीमा/झण्डै २ करोड रकम उठ्न सकेन

0

डोलराज रानाभाट, १९ असार, गैडाकोट । विद्युत प्राधिकरण गैडाकोट प्रशारण शाखाका १५९ जना उपभोक्ता कालो सुचीमा परेका छन् । लाइन काटेको ६ महिनासम्म पनि रकम भुक्तान गर्न नआउने उपभोक्ताहरुलाई कालो सुचीमा राख्ने गरिन्छ । सोहि अनुसार अहिले कालो सुचीमा १५९ उपभोक्ता परेका हुन् ।

कालोसूचीमा परेका उपभोक्ताहरुसँग कूल १ करोड ९८ लाख ४१ हजार ९ सय १२ रुपैया विद्युत महसुल उठाउन वाँकी रहेको शाखा प्रमुख सुजन रिजालले जानकारी दिनुभयो । सवै भन्दा धेरै भृकृटी कागज कारखानाको रकम उठ्न वाँकी छ । जसको १ करोड ३८ लाख ८८ हजार ९०५ रुपैया महसुल भुक्तान गर्न वाँकी देखिएको छ । पटक पटक केन्द्रमा गएर ताकेता गरेपनि रकम तिर्न आनाकानी गरेको गैडाकोट प्रशाखा प्रमुख सुजन रिजालले जानकारी दिनुभयो ।

भृकुटी कागज वाहेक ५९ लाख ५३ हजार ७ रुपैया रकम उठ्न वाँकी छ । भरतपुरबाट गैडाकोटका लागि छुट्टै लाईन आएपछि सो ठाउँबाट विद्युत उपभोग गरिरहेका उपभोक्ताहरुको विवरण सार्दा सहित तथ्याङ्क नहुँदा अहिले रकम असुल गर्न अप्ठेरो परिरहेको रिजालको भनाई छ । गैडाकोट प्रशारण शाखा आएपछि भरतपुरमा भएको तथ्याङ्क कम्प्युटरमा नभएको र म्यानुअल रेकर्ड हुँदा नाम मात्रै भएको तर पुरा ठेगाना नहुँदा कालो सुचीमा परेकाहरुको रकम उठाउन समस्या भइरहेको हो ।

विस २०५४ देखि २०७६ सालसम्मको कालोसुचीको विवरण हेर्दा भृकुटीपछि लाखभन्दा बढि रकम नतिर्नेमा पनि गैडाकोटमा रहेका विभिन्न उद्योगहरु रहेका छन् । अहिले ६० दिनभित्र रकम भुक्तान नगर्ने उपभोक्ताहरुको पनि लाइन काट्ने तयारी गैडाकोट विद्युत प्राधिकरण गैडाकोट प्रशाखाले गरिरहेको छ ।

Share.

Leave A Reply