गाउँपालिकामा प्राथमिकतामा सडकको पूर्वाधार

0


नवलपुरको पहाडी क्षेत्र पर्यटन र कृषिका लागि संभावना बोकेको क्षेत्र हो । तर त्यहाँ विकासका सामान्य पूर्वाधार नहुँदा स्थानीय विस्थापित बन्दै छन् । केन्द्र सरकार देखि स्थानीय सरकारका बाटोघाटोका योजनाले केही आशा पलाएको छ । थप खबर श्रीधर उपाध्यायबाट


बुलिङटार । नवलपरासी  बर्दघाट सुस्ता पूर्वका पहाडी गाउँपालिकाहरुले विकासका लागि सडकको पूर्वाधारहरुलाई पहिलो प्राथमिकतामा राखेका छन् । गाउँपालिका भित्रका पनि विभिन्न बस्ती छुने गरी सडकको पूर्वाधार बन्न थालेको छ । वडा स्तरका बजेट पनि सडक पूर्वाधारमा बढी केन्द्रीत रहेको छ । बुलिङटार गाउँपालिकाका वाड नं. २ का वडा अध्यक्ष प्रेमबहादुर थापा मगर

बाख्रापालन, अदुवा खेती, अम्रिसो खेती, सुन्तला खेती, जडीबुटीको प्रचुर सम्भावना बोकेको बौदीकाली गाउँपालिकाले सडकको पूर्वाधार निर्माणलाइ नै पहिलो प्राथमिकतामा राखेको छ । बौदीकाली गाउँपालिका अध्यक्ष दुर्गा राना

सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा रहेको बौदीकाली गाउँपालिका जस्तै बुलिङटार गाउँपालिका पनि एक हो ।  बुलिङटार गाउँपालिकाका ६ वटै वडामा सडकको पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको छ । गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटी ।  राष्ट्रिय योजनामा रहेका कालिगण्डकी करिडोर र दलदलेबाट निस्कने बाटोको पूर्णताले पनि पहाडी क्षेत्रमा ठूलो परिवर्तन ल्याउने देखिन्छ । पछिल्लो समयको कालीगण्डकी करिडोरको कामले तिव्रता पाएसंगै गाउँबासीमा आशा पलाएको छ । करिडोर आसपासका जग्गा लिन मानिसहरु गाउँ फर्किन थालेको बुलिङटार गाउँपालिकाका अध्यक्ष बस्ताकोटीको भनाइ छ ।

सडक शिक्षा विजुलीको सहजता गाउँमा नहुँदा गँैडाकोट, देवचुली, कावासोती क्षेत्रमा पहाडी भेगका बासिन्दा विस्थापित बन्दै आएका छन् । पहाडी क्षेत्रमा सडक सञ्जाललाई प्राथमिकतमा राखिनु सकरात्मक पक्ष देखिन्छ ।

 

Share.

Leave A Reply