दुई वर्षदेखि वडा सचिव विनाको बुलिङटार गाउँपालिका

0


श्रीधर उपाध्याय
बुलिङटार । नवलपुरको पहाडी गाउँपालिकामा कर्मचारी नहुँदा प्रशासनिक काम प्रभावित बन्ने गरेको छ । बुलिङटार गाउँपालिकाका सबै वडा दुई वर्ष देखि सचिव विहिन रहेको छ । बुलिङटारका ६ वटा वडा सचिव विहिन हुँदा प्रशासनिक काममा अन्यौलता हुने गरेको स्थानीयको भनाइ छ ।


भौगोलिक विकटता र प्रयाप्त सेवा सुविधा नभएकै कारण कर्मचारी गाउँ पस्न र बस्न नखोजेको हुन सक्ने बुलिङटार गाउँपालिकाका प्रमुख प्रशासिकय अधिकृत विष्णुप्रसाद ढुङ्गानाले बताउनुभयो । स्थानीय तहको निर्वाचन पछि मात्रै गाउँपालिकाकै प्रमुख प्रशासकिय अधिकृत तीन पटक परिवर्तन भइसकेका छन् ।

 
वडामा सचिव नहुँदा वडा अध्यक्षहरुलाई काम बोझीलो बनेको त छ नै, विधि र पक्रियाका बारेमा समेत उनिहरुमा अन्यौलता देखिन्छ । बुलिङटार गाउँपालिका १ का वडा अध्यक्ष दिलबहादुर सूर्यवंशीले झोलामा स्टाम्प लगायतका सामाग्री बोकेर हिँड्नुहुन्छ, जहाँ आवश्यक पर्दछ त्यहीँ वडाबासीलाई सेवा दिने गर्नुभएको छ । वडा सचिव नहुँदा वडाको काम प्रभावित समेत भएको सचिव सूर्यवंशीको भनाइ छ । निर्वाचित भएर आएदेखि नै सचिवको काम समेत आफै गर्ने गरेको वडा अध्यक्ष सूर्यवंशी बताउनुहुन्छ । अहिले स्वास्थ्य शाखाका कर्मचारी बोलाएर काम फुकाउने गरिएको छ ।
बुलिङटार वडा नं. २ मा पनि स्वास्थ्यका कर्मचारीहरुबाट अड्कोपड्को फुकाउने गरेको वडा अध्यक्ष प्रेमबहादुर थापा मगरले बताउनुभयो । थपा भन्नुहुन्छ “सचिवको काम सबै आफूले गर्दा अप्ठ्यारो त हुन्छ नै, तर पनि वडाबासीलाई सेवा दिनै प¥यो । नजानेका कुरा सिक्दै काम अघि बढाएका छाँै । हामी पिडामा छाँै । गाह्रो छ हामीलाई।”
बुलिङटार गाउँपालिका ६ मा पनि वडा सचिव नहुँदाको मर्का उस्तै छ । दुई वर्ष अघि निर्वाचित भएर आएपछिको असोज पछि सचिवको काम आफै गर्ने गरेको वडा अध्यक्ष सूर्यबहादुर रानामगरले बताउनुभयो । सचिव आवश्यक छ भनेर जिल्ला प्रशासनमा डेलिगसन गइयो, कार्यपालिका बैठकमा पनि धेरै पटक छलफल भएको छ । तर पनि अहिलेसम्म सचिवको व्यवस्था हुन नसकेको वडा अध्यक्ष रानामगरले बताउनुभयो । सचिवको काम रानामगरले पनि आफै गर्दै आउनुभएको छ । सचिव नहुँदा जनतालाई जति सहजरुपले सेवा दिनुपर्ने हो दिन नसकिएको रानामगरको बुझाइ छ ।
बुलिङटार गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले भौगोलिक विकटताका कारण कर्मचारी गाउँमा टिक्न गाह्रो हुने गरेको बताउनुभयो । अध्यक्ष बस्ताकोटीले कर्मचारी समायोजनमा समेत बुलिङटारलाई बेवास्ता गरिएको बताउनुभयो । कर्मचारी समायोजनमा एउटा पनि कर्मचारी बुलिङलाइ पठाइएको छैन । अध्यक्ष बस्ताकोटीले सबै वडामा सचिवको व्यवस्थापनका लागि पहल गरिरहेको बताउनुभयो । वडा सचिव नहुँदा वडा अध्यक्षहरु टेबलमा बसेर काम गर्नुपरेको छ, कार्यसम्पादनमा निस्कन गाह्रो छ, योजना अनुगमनमा जान अप्ठ्योरो भएका कारण विकास निर्माणमा समेत प्रभाव परेको अध्यक्ष वस्ताकोटीले बताउनुभयो ।
सिंह दरबारको सुविधा गाउँ गाउँ पु¥याउने भने पनि गाउँ दुर दराजमा अहिले पनि जनता आफ्नो सुविधा छिटो छरितो पाउनबाट बञ्चित भएका छन् ।

Share.

Leave A Reply