कयर खोलामा मेयर नारायण वनको छडके अनुगमन ÷अवैध उत्खनन् हुन नदिने

0


गैडाकोट, ११ चैत्र । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले आज कयर खोलामा छडके अनुगमन गर्नुभएको छ । कयर खोलाबाट ढुंगा र गिट्टीको चोरी निकारी हुन नदिन मेयर वनले छडके अनुगमन गर्नुभएको हो ।

रत्ननगर र खैरहनी नगरपालिकाले सयुक्त रुपमा राजश्य संकलन गर्ने गरी यही चैत ३ गतेदेखि कयर खोलाबाट ढुंगा र गिट्टी निकासी खुल्ला गरिएको थियो ।

विगतमा ढुंगा र गिट्टीको अबैध चोरी निकासी बढेपछि विगतको नियती दोहोरिन नदिन नियमित अनुमगन थालिएको हो । कयर खोला अनुगमन समितिका संयोजक समेत रहेको मेयर वनले ढुंगा र गिट्टी बोक्ने ट्याक्टर र टिपरले राजश्व तिरे नतिरेको,खोलाको गहि¥याई र मापदण्ड अनुसार उत्खनन भए नभएको बारेमा अनुगमन गर्नुभएको थियो ।

कयर खोलाबाट व्यापक राजश्व चुहावट भएको पाएँ मेयर वनले भन्ुभयो यसलाई रोक्न नियमित अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । अनुमगनमा कयर खोला व्यवस्थापन समन्वय समितिका संयोजक हरिकुमार श्रेष्ठ,वडा नं १ का वडा अध्यक्ष शंकर सिं तामाङ,नगर प्रबक्ता राजेन्द्र हमाल,इन्जिनियर प्रकाशचन्द्र ढुंगाना लगायतको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply