नवलपुरमा भएको सवारी दुर्घटनामा परि शसस्त्र प्रहरीको मृत्यु

0

डोलराज रानाभाट, २५ असार, गैडाकोट । नवलपुरको मध्यविन्दु नगरपालिका १० स्थित पुर्वपश्चिम राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ । दुम्किवास र अरुणखोलाको बीच जंगल स्थित पूर्वपश्चिम राजमार्गमा रोकिराखेको ना ६ ख ५२०७ नम्वरको ट्रकमा पश्चिमबाट पुर्व आउँदै गरेको लु २२ प २८९९ नम्वरको मोटरसाइकल ट्रक पछाडी ठोक्किन पुगेको थियो । दुर्घटनामा परि मोटरसाइकल चालक पाल्पा जिल्ला तिनाउ गा.पा.१ बस्ने अन्दाजी बर्ष २७ का भिमराज बहादुर छहरी मगरको मृत्यु भएको हो । गम्भीर घाइते अवस्थामा पुरानो मेडिकल कलेजमा उपचारकालागि लगेकोमा अस्पतालले मृत घोषणा गरेको थियो । मृतक सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय रुपन्देही बाहिनी नम्बर ५ चनौटा कपिलबस्तु दरबन्दी भई बोगडी रुपन्देहीमा कार्यरत रहेका थिए । मोटरसाइकल ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएपी अर्जुन रानाभाटले जानकारी दिनुभयो।

Share.

Leave A Reply