देवचुली १४ मा दुई ट्रक ठोक्किए/ २ जना गम्भीर घाईते (नामावली सहित)

0

डोलराज रानाभाट, ४ असार, गैडाकोट । नवलपुर जिल्ला देवचुली नगरपालिका १४ मा अवस्थित पेट्रोल पम्प नजिकै पुर्व पश्चिम राजमार्गमा भएको दुर्घटनामा परि ३ जना घाइते भएको छन् । २ को अवस्था गम्भीर रहेको छ । गएराति साँढे ९ बजे पश्चिमबाट पुर्व तर्फ आउदै गरेको भारतीय लहरी आर.जे २७ जि डि ४१३३ र विपरित दिशाबाट जाँदै गरेको ना ३ ख ९८३ नम्वरको ट्रक जुधेका थिए ।

घाइते हुनेहरुमा  भारतीय लहरीका चालक राजस्थान टोक जिल्ला थण पञ्चायत वडा नं. ३ बस्ने वर्ष ३१ को लेकराज चौधरी रहेका छन् ।

सवै तस्बिर ः भिम

हातखुट्टा, शरिर को बिभिन्न भागमा चोट लागेका उनको गम्भीर अवस्थामा उपचार भइरहेको छ । अर्का घाइतेमा ट्रक चालक जिल्ला बारा जितपुर नगरपालिका २ बस्ने बर्ष ४० का पदम धिताल र ट्रकका सहचालक  सोहि ठाउँका बर्ष १६ को रोहित बुढाथोकी रहेका छन् । धितालको अवस्था गम्भीर छ भने बुढाथोकिको अवस्था सामान्य रहेको छ ।

सवै घाईतेहरूको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

Share.

Leave A Reply