‘१०० डिग्री माथि ज्वरो पटक पटक आए रगत जाँच गर्नुहोस् ,औलो हुन सक्छ ‘

0

डोलराज रानाभाट, १२ वैशाख । कुनैपनि मानिसमा १०० डिग्रीको ज्वरो पटक पटक आएमा रगत परिक्षण गर्न विज्ञहरुले सुझाव दिएका छन् ।

पोथीलामखुट्टेको टोकाईबाट लाग्ने औलो रोगको पहिलो लक्षणनै ज्वरो भएकाले रगत जाँच गराउन स्वास्थ्य निर्देशनालय पोखराका ल्यावटेष्ट निरीक्षक रविन्द्र शर्मा वास्ताकोटीको सुझाव छ ।

औलोेले मानिसको ज्यान सम्म जाने भएकाले यसको सुरुवाती चरणमै देखिने लक्षणहरु ज्वरो आउने, चक्कर लाग्ने, वान्ता हुने, खोकी लाग्ने र जुरुङ जुरुङ गराउने जस्ता गतिविधि शरिरमा देखापर्ना साथ नजिकको स्वास्थ्य संस्थामा जाँच गराई निशुल्क जाँच तथा औषधीको प्रयोग गर्न उहाँले सुझाव दिनुभएको छ ।

सन् २०२६ सम्म नेपललाई औलो रोग मुक्त अभियानलाई सफल पार्न आज गैडाकोटमा आयोजित विश्व औलो दिवस २०७६ को कार्यक्रममा प्रशिक्षण दिँदै शर्माले नवलपुर पूर्व औलोको उच्च जोखिममा रहेको बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य प्रमुख ख्याम वहादुर केसीका अनुसार गतआर्थिक वर्षमा नवलपुरमा ११ जनामा औलो देखिएको र जसमध्ये गैडाकोटका ७ जना रहेका थिए ।

कार्यक्रममा बोल्दै गैडाकोटका मेयर छत्रराज पौडेलले स्वास्थ्य शिक्षा घरघरमा पुर्याउन आवश्यक रहेको भन्दै स्वयम्सेविकाहरुलाई औलोको वारेमा जनजनमा जानकारी गराउन अनुरोध गर्नुभयो । कार्यक्रमको हेल्थ असिस्टेण्ट रेशम पौडेलले सहजीकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply