जनैपूर्णिमा तथा रक्षाबन्धन मनाईंदै

0

गैंडाकोट । आज जनैपूर्णिमा, ऋषितर्पणी तथा रक्षाबन्धन पर्व मनाईंदैछ ।

 

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले हातमा डोरो बाँधिदिने गर्छन् । तागाधारीले जनै फेर्ने चलन छ । यसका लागि ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ ।
यस्तै तराई जिल्लामा आज दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । तराई मधेशका जिल्लामा दिदीबहिनी तथा दाजुभाइको प्रेमको प्रतीक मानिएको राखी नाडीमा बाँधिदिने प्रचलन छ । तराई मधेसका जिल्लामा विशेष हर्षोल्लासका साथ राखी पर्व मनाइने भएकाले आज प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको छ ।
यस्तै आजै एघारथरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाने चलन छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता छ ।

Share.

Leave A Reply