६ वुँदे घोषणापत्र जारी गर्दै सकियो दुई दिने गोष्ठी

0

तिलक सुबेदी / गैंडाकोट । ६ वुँदे घोषणापत्र जारी गर्दै नेपाल रेडक्रस सोसाइटी जुनियर÷युवा रेडक्रस नवलपरासीको २९ औँ जिल्ला स्तरीय जुनियर÷युवा रेडक्रस गोष्ठी गैँडाकोटमा सम्पन्न भएको छ । नेपाल जुनियर÷युवा रेडक्रस विजय सामुदायिक शिक्षा सदन गैँडाकोटको आतिथ्यतामा विद्यालयको प्राङ्गणमा गोष्ठि २ दिन सम्म चलेको थियो ।
कार्यक्रमको समापन सत्रमा वोल्दै प्रमुख अथिती नेपाल रेडक्रस सोसाइटी नवलपरासीे जिल्ला शाखाका सभापति मदनभक्त अधिकारीले रेडक्रसले गर्नेे काम भनेको आपत बिपतमा परेको मानवको सेवा गर्नु नै मुख्य काम भएको बताउनुभयो ।
अधिकारीले मानवले मानवको सेवा गर्नु भनेको आफ्नो सेवा आफै गर्नुजस्तै भएको बताउनुभयो । गोष्ठीमा विशेष अथिती गैडाकोट नगरपालीका वडा नम्बर ५ का वडाध्यक्ष नवराज कंडेलले आफुले रेडक्रसले सेवा गरेको देखेर मानव सेवामा मन गएको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी नवलपरासीे जिल्ला शाखाका प्रमुख अधिकृत मुरारी प्रसाद गुप्ताले ६ बुदे घोषाण पत्रका विषयमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रमको सभापतित्व जुनियर युवा रेडक्रस नवलपरासीका संयोजक घनश्याम यादवले गर्नुभएको थियो । गोष्ठीमा जिल्ला रेडक्रसका मन्त्री शशीधर कंडेल, विजय सामुदायिक शिक्षा सदनका कार्यकारी प्रमुख खेमराज सापकोटा, विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष टिकाराम कंडेल, विजय सामुदायिक शिक्षा सदनका शिक्षक प्रतिनिधी आदेश वाग्ले, सुनवल उपशाखाका गोपालप्रसाद शर्मा, रेडक्रस नवलपरासी जिल्ला शाखा सदस्य सुनिता बस्याल, बिद्यार्थी आयुष पाण्डे र बन्दना वि.क लगायतले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण रेडक्रसका जिल्ला प्रशिक्षक गोविन्द रिमाल र लक्ष्मीप्रसाद पौडेलले गर्नुभएको थियो । गोष्ठीमा नेपाल रेडक्रस सासाईटीको केन्द्रीय, जिल्ला, उपशाखा र समुदाय स्तरका विद्यालयहरुबाट गरि करिब ३ सय ५० जनाको सहभागिता रहेको थियो ।

नवलपरासीमा २०३१ सालमा स्थापना भए पश्चात रेडक्रसले मानविय सहयोग, विपतमा परेकाहरुका लागि राहत वितरण तथा उद्धार कार्य गर्दै आईरहेको छ । २०३८ सालमा जिल्ला स्तरिय जुनियर/युवा रेडक्रस समितिको स्थापना गरिएको थियो । हाल जिल्लामा ६३ वटा जुनियर सर्कल, ११ वटा युवा सर्कल रहेका छन् । जिल्लामा ५ हजार ८ सय ८८ रेडक्रसका सदस्य रहेका छन् ।

Share.

Leave A Reply