स्व. कृष्णप्रसाद सापकोटा स्मृतिकप टि–ट्वान्टी क्रिकेट प्रतियोगिको फाइनल शनिवार

0


गैडाकोट,  २३ फागुन । नवजागरण ग्रामिण विकास केन्द्र गैंडाकोट ९ थुम्सीको आयोजनामा जारी स्व. कृष्णप्रसाद सापकोटा स्मृतिकप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइलन शनिवार हुने भएको छ । भोलि सेमिफाइनलको वाँकी एक खेल हुने र शनिवारबाट फाइनल खेल हुने आयोजक सदस्य सुधीर पाण्डेले जानकारी दिनुभयो ।

यसअघि भएको खेलमा क्रियटिभ युथ क्लव फाइनलमा पुगिसकेको छ भने भोलि दोस्रो सेमिफाइनल खेलमा आयोजक नवजागरण ग्रामीण विकास केन्द्र र गैडाकोट कन्सट्रक्सन वीच प्रतिस्पर्धा हुने र त्यसबाट विजयी हुने टिम फाइनलमा प्रवेश गर्नेछ । प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार १ सय, कप, मेडल र प्रमाणपत्र, द्वितिय हुनेलाई २१ हजार १ सय, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक नवजागरण ग्रामिण विकास केन्द्रका सचिव रेशम सापकोटाले जानकारी दिनुभयो । प्रतियोगितामा हालसम्म १६ टिमले सहभागिता जनाएको खेल संयोजक विनोद दराईले जानकारी दिनुभयो ।

नवजागरण बचत तथा ऋण सहकारी संस्था सह आयोजक रहेको प्रतियोगितामा ईनाक्षी ईन्टरटेन्मेन्ट अष्ट्रेलियाको मुख्य प्रायोजक, सापकोटा ट्रान्सपोर्ट अष्ट्रेलिया, जयश्री फुड्स, गैंडाकोट कन्स्ट्रक्सन, अघोरी मल्टिप्रपोज विजनेश प्रा.लि. प्रायोजक, खनाल बजार, जयश्री सप्लायर्स, होटल जयश्री, रक एण्ड ज्याक र युनाईटेड पोलीस्याक्स सह प्रायोजक रहेका छन् ।

Share.

Leave A Reply