सरस्वती निकेतनको भजन प्रतियोगितामा मनकामना आमा समूह प्रथम

0

पवित्रा पराजुली
गैँडाकोट, ६ असोज । सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयले आज शनिवार समाजको विकासमा शिक्षाको महत्व विषयक खुल्ला भजन प्रतियोगिता सम्पन गरेको छ । भजन प्रतियोगितामा मनकामना आमा समूह गैँडाकोट २ प्रथम भएको छ । यसैगरी विहानी सांस्कृतिक महिला समूह द्धितिय भएको छ भने तृतीय स्थानमा प्रतिभा महिला समूह गैँडाकोट १ रहेको छ । यसैगरी सान्त्वना पुरस्कार दिव्यज्योति महिला समूह गैँडाकोट ८ ले प्राप्त गरेको छ ।


प्रतियोगिताको समुद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरापालिकाका प्रमुख छत्रराज पौडेलले शिक्षको महत्वको जागरण फैलाउन यसरी गरिएको भजन प्रतियोगिताको प्रशंसा गर्नुभएको छ । पौडेलले गैँडाकोटको शैक्षिक विकासमा सामाजिक जनचेतनाको आवश्यकता भएको हुनाले यस्ता किसिमका कार्यक्रम गरिनु आवश्यक भएको समेत बताउनुभयो । यस्तै कार्यक्रममा गैँडाकोट नगरपालिका उपप्रमुख विष्णुकुमारी कंडेलले धर्म र भजन किर्तनमा रमाउने हाम्रा अभिभावहरु यो धार्मिक क्षेत्रमा धेरै हुने भएकाले पनि यस्तो प्रतियोगिताको तात्त्विक अर्थ रहेको बताउनुभयो । गैँडाकोटका स्रोत व्यक्ति रामबाबु ढकालले कार्यक्रममा आमा समूहको यति धेरै सहभागिता देखेर अब गैडाकोट विकासको मुलधारमा पुगेको र यस्ता कार्यक्रममा महिला सहभागि हुन धेरै जरुरी रहेको बताउनुभयो । चौधवटा आमा समुहको सहभागि रहेको भजन प्रतियोगितामा गैडाकोट १ का वडा अध्यक्ष हरि प्रसाद सापकोटा विशिष्ट अथिति रहनुभएको थियो । कार्यक्रम सरस्वती निकेतनको प्रांगणमा भएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल भरतबाबु कंडेलले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको गैँडाकोटमा शैक्षिक जागरण पनि धार्मिक शैलीमै गर्नु आवश्यक रहेको हुनाले प्रतियोगिता गर्नुपरेको बताउनुभयो । कार्यक्रमको अध्यक्षता सरस्वती निकेतनका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोलनाथ घिमिरेले गर्नुभएको हो ।

Share.

Leave A Reply