गैंडाँकोट – वस्तिमा प्रवेश गरेका गैंडा जंगल फर्काउने चितवन राष्ट्रिय निकुञ्जको प्रयास असफल भएको छ ।
२÷४ दिनदेखी गैंडाँकोट ६ र ७ मा रहेका गैंडा जंगल फर्काउने चितवन राष्ट्रिय निकुञ्जको प्रयास असफल भएको हो । आज गैंडाकोट वाड न ७ का वडा अध्यक्ष चोलनाथ उपाध्यायको सक्रियतामा गिदिनी पोस्टको एउटा हात्ती सहितको टोलीको प्रयास असफल भएपछि टोली फर्केको छ ।
एउटा बच्चा सहितको ३ वटा गैंडाले गैंडाकोटमा आतंक मच्चाईरहेका छन् ।
गैंडाले वस्तिमा लगाएको मकैबालीमा क्षति पु¥याउएको छ । गैंडाकोट ७ नारायणी नदि किनारका बस्तिमा एक्लै हिंडडुल गर्न स्थानिय त्रसित बनेका छन् । अहिले नारायणी नदि किनारमा रहेका गैंडालाई भोली थप हात्तीको सहायतमा नियन्त्रणमा लिने गिदिनी पोस्टका गेम स्काउटर चिजकुमार श्रेष्ठले बताउनुभयो ।
गैंडाकोटमा वर्षेनी गैंडाले दुः दिने गरेको छ ।