गैँडाकोट १० बैशाख ।

गैँडाकोट ३ ढोडेनी भुजेल गाउँमा रहेका १३ बर्षीय मनोरोगी बालकको उद्धार गरी अस्पताल पु¥याईएको छ । गत बैशाख ५ गते विजय एफएमको पहलमा जिल्ला बाल कल्याण समितीको टोलीले बालकको बारेमा जानकारी लिएको थियो । त्यसको ५ दिन पछि आईतबार बालक मदन भुजेलको उद्धार गरी चतवन मोडल अस्पताल पु¥याईएको छ । चितवन मोडल अस्पताल, मिसन मेन्टल हेल्थ फर अल अभियानका अध्यक्ष मानसिक रोग बिशेषज्ञ डा. गिरीराज भन्ताना, मनोपरामर्शदाता तथा अभियानका सचिव केदार सुवेदी, मानव सेवा आश्रम चितवनकी संयोजक रुपा केसी, स्थानीय युवा शिव अधिकारी चितवनकी लक्ष्मी घिमिरे, चितवन मोडल अस्पतालकी नर्स आस्मा पाठक, सहित विजय एफएमकी पत्रकार लक्ष्मी पौडेल र पवित्रा घिमिरेले उद्धार गरी अस्पताल ल्याइएको हो । विरामी बालक मदन साढे १ बर्षको उमेरदेखी विरामी भएका कारण घर परिवारले उपचार गर्न नसकि घरमै बाँधेर र थुनेर राखेका थिए । मदनको उपचारका आर्थीक अभाव देखीएको छ ।

उनको उपचारका लागी कती खर्च लाग्नेछ भन्ने यकीन भैसकेको छैन् । डा. गिरिराज भन्तानाले मदनको उपचारपछि पुर्ण रुपमा अरु व्यक्ती जस्तो नभएपनी केही काम गर्न सक्ने बनाउन सकिने बताउनुभएको छ । मदन साढे १ बर्षको हुँदा ज्वरोका कारण लामो समय थलीएपछी अचानक उर्फने, चिच्याउने, चिथोर्ने व्यवहार देखाउन थालेको बाबु सुकलाल भुजेलले बताउनुभएको छ ।

साढे १ बर्षको उमेरमा अलीअली बोल्ने मदन अहिले बोल्दैनन् । डालो बुनेर घर परिवार धानेका सुकलालले छोराको उपचारका लागी स्वास्थ्य चौकी र केही कर्म खर्च लाग्ने अस्पतालमा उपचार गरेपनी सन्चो नभएपछी आसा मारेर बाधेर राखिएको बताउनुभएको छ । मनोपरामर्शदाता केदार घिमिरेका अनुसार बालक भुजेलको बौद्धीक बृद्धीविकास समयमा हुन नसकेका कारण अब १८ बर्षको उमेर सम्ममा केही मात्रामा सुधार ल्याउन सकिनेछ । मदन आफै खाने, बस्ने, आफ्नो स्याहार गर्न सक्ने भएपछी केही सिपमुलक काम गर्न सक्ने तर अरु स्वस्थ बालकजस्तो बनाउन भने नसकिने चिकित्सकले बताएका छन् ।
