काठमाडौँ, १३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्य पाँच दलका शीर्ष नेताहरुसँग छलफल गर्दैहुनुहुन्छ । प्रमुख प्रतिपक्षी एमालेले हिजो संसद अवरुद्द गरेपछि दलहरुबीच उत्पन्न राजनीतिक अन्यौल अन्त्यको प्रयास स्वरुप प्रधानमन्त्री दाहालले विहान साढे १० बजे संसद भवनभित्रै आफ्नो कार्यकक्षमा छलफलका लागि बैठक बोलाउनु भएको हो । बैठकमा मधेशी मोर्चा सहित मुख्य पाँच दलका नेताहरु सहभागि हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । दुईचरणमा चुनाव गर्ने निर्णयपछि प्रमुख प्रतिपक्षी एमालेले असन्तुष्ट जनाएको छ । हिजो बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा एमाले अध्यक्ष केपी ओलीले संयुक्त बैठक माग गरेपछि प्रधानमन्त्रीले छलफल गर्न लाग्नुभएको हो ।
मुख्य पाँच दलका शीर्ष नेतासँग प्रधानमन्त्री दाहाल छलफल गर्दै
0
Share.