चितवन, असोज २७

चितवनको भरतपुरमा आज विहान बसले मोटरसाईकललाई ठक्कर दिँदा एक युवतीको ज्यान गएको छ । भरतपुर महानगरपालिका–१०, वीरेन्द्र क्याम्पस गेट अगाडि बा ३ ख २२८० नम्बरको बसले ना २० प ५५०० नम्बरको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार गोर्खा पात्लुङ–७ बस्ने वर्ष २० की निशा थापाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
:नारायणी अनलाईन