गैँडाकोट २७ कार्तिक ।

लामो समयदेखी मृगौला रोगबाट पिडित गैँडाकोट ५ का स्थानीय घनप्रसाद सापकोटालाइ उपचारका लागी रकम सहयोग भएको छ । जापान बाग्लुंग दमेक समाजले मृगौला रोग पिडित सापकोटाको सहयोगार्थ संकलन गरेको नगद रु २ लाख आइतबार पिडितलाइ प्रदान गरीएको छ ।
आइतबार वडा नं ५ का वडाध्यक्ष नवराज कंडेलको रोहबर तथा स्थानीय समाजसेवी कृष्ण पाण्डे, शंकर आचार्य, प्रेम सापकोटा लगायत मधुमार्ग टोलका स्थानीयको सहभागीतामा प्रदान गरीएको हो । सहयोग रकम जापान बाग्लुंग दमेक समाजका सल्लाहकार सुरेश सापकोटा र कमला सापकोटाले रकम हस्तान्तरण गर्दै पिडितको सहयोगका लागी सबैले साथ दिनुपर्ने बताउनुभयो ।