काग्रेस र माओवादीको बाकी, एमालेको उपमेयर थाती

0

 

गँैडाकोट । आसन्न स्थानीय तहको निर्वाचनमा आकाङ्क्षी धेरै भएपछि नेपाली काँग्रेसलाई उम्मेदवार छान्न सकस भएको छ । वडाका उम्मेदवारसमेत छान्न नसकेर नगरले क्षेत्रलाई जिम्मा दिएको छ । पाँचवटा वडामा उम्मेदवारको छिनोफानो गरेको एक साता बित्दासमेत अरु वडामा को उम्मेदवार उठाउने भन्ने निर्णय गर्न सकेको छैन । काँग्रेसमा मेयर र उपमेयरका दुई दर्जन आकाङ्क्षी नगर, क्षेत्र र जिल्लाबाट समेत टुङ्गिने सम्भावना नदेखेपछि केन्द्रमा लविङ गरिरहेका छन् ।

 

पाली काँग्रेसले गैँडाकोट ६, १२, १४, १७ र १८ वडामा मात्रै उम्मेदवारका लागि सिफारिस गरेको नेपाली काँग्रेस गैँडाकोट नगरसचिव विष्णु सापकोटाले बताए । काँग्रेसले ११ वटा वडामा अझै अध्यक्षका उम्मेदवार चयन गर्न सकेको छैन । काँग्रेसले मंगलबार बेलुकासम्म गैँडाकोटका सबै वडातहमा म्मेदवारको चयन गरिसक्ने गैँडाकोट नगरसभापति तारापति खरेलले बताए । खरेलका अनुसार गैँडाकोट मेयर उपमेयरको टुङ्गो वैशाख १६ यता लाग्न सक्ने सम्भावना देखिएको छैन ।

 

गैँडाकोट नगरपालिकाको मेयर र सबै वडामा नेकपा एमालेले उम्मद्वारी टुङ्गाएको छ । एमालले मेयेरको रुपमा छत्रराज पौडेललाई अघि सारेको छ । एमालेले गठबन्धनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, माआवोदी केन्द्र, राष्ट्रिय जनमोर्चा नेपालसँग छलफल गरिरहेकाले उपमेयर पद खाली राखेको एमाले नगर कमिटी अध्यक्ष षडानन्द लामिछानेले जानकारी दिए । उनका अनुसार आन्तरिक छलफल पनि चलिरहेका कारण र गठबन्धनसँगको छलफल पनि सँगसँगै अघि बढीरहेका कारण उपमेयरको पद तत्काल निर्णय नभएको हो । राप्रपासँग गठबन्धन हुने सम्भावना प्रबल रहेको एमाले वडा नं. ५ का अध्यक्षका उम्मेदवार नवराज कंडेलले विजय खबरलाई जानकारी दिए ।

 

नेकपा एमाललेले गैँडाकोट नगरपालिकाको सबै वडामा अध्यक्षसहित सदस्यहरूको नाम टुङ्ग्याएको एमाले नगर इन्चार्ज यमुनाथ आचार्यले बताए । एमाललेले १८ वटा वडामध्येमा २ वटा वडामा दुई महिलालाई अध्यक्षका रूपमा सिफारिस गरेको छ । एमालेबाट महिला उम्मेदवारमा गैँैडाकोट १ मा राधा लामिछाने र गैँडाकोट १४ मा कोकिसरा रानालाई अघि सारिएको छ ।

 

माओवादी केन्द्रले पनि गैँडाकोट नगरको मेयर उपमेयरको टुङ्गो लगाउन सकेको छैन । केन्द्रले पनि १८ वटा वडामा भने उम्मेदवारी छनोट गरिसकेको छ । १८ वटा वडा अध्यक्षहरुको चयन गर्दै गर्दा १ वटा वडामा मात्रै महिला उम्मेदवार उठाएको छ । माआवादी केन्द्रले काँग्रेस र एमालेसँग गठबन्धनको प्रयास भइरहेकाले मेयर र उपमेयरका उम्मेदवार थाती राखेको नगर अध्यक्ष दुर्गा ढुंगानाले बताए । उनले काँग्रेस र एमाले जोसँग गठबन्धन भएपनि आफूहरुको दाबी उपमेयरमा रहने जानकारी दिए ।

 

यसैगरी राष्ट्रिय जनमुक्ति पार्टी गैँडाकोटले पनि गैँडाकोटका ११ वटा वडामा वडा अध्यक्षका लागि नाम सिफारिस गरेको छ । बाँकी वडाका लागि छलफल भइरहेको नगर अध्यक्ष चिनबहादुर सारुले बताएका छन् । राष्टिय जनुक्ति पार्टी गैँडाकोटले ११ वटा वडा मध्येमा ६ वटा वडामा महिलालाई अध्यक्षको उम्मेदवारका रुपमा अघि सारेको छ । राष्ट्रिय जनमुक्ति पार्टी गैँडाकोटले यस अघिनै गैँडाकोटको मेयरका लागि नाम टुंगो लगाइसकेको छ । उसले गैँडाकोटको मेयरका लागि हिमबहादुर थापा सुनारीलाई अघि सारेको छ ।

Share.

Leave A Reply