
गैँडाकोट, ८ कार्तिक । एभरेष्ट बैंक नारायणगढ शाखाले आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा गैंडाकोटको नारायणी माविलाई पच्चिस हजार रूपैया बराबर स्टेशनरी सहयोग गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच सो सामग्री हस्तान्तरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर पाण्डेलाई एभरेष्ट बैंक नारायणगढका म्यानेजर प्रभात रमण उप्रेतीले सो सामग्री हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा विद्यालयका प्रअ मिलन श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहज स्वास्थ्य सहकारी संस्थाका सचिव तीर्थराज रिमाल, बैंकका कर्मचारी प्रकाश ज्ञवाली लगायतले मन्तव्य राख्नुभएको थियो । विद्यालयका शिक्षक गोविन्द रिमालको सहजीकरण रहेको सो कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
