गैँडाकोट ११ बैशाख ।

चितवनको भरतपुर लंकुका युवाहरुले थालेको वे (WAY) अभियान ५० औ श्रृंखलामा पुगेको छ । २०७३ साल जेठ २४ गते सोमबारदेखी सुरु भएको हप्ता को एकदिन एकछिन समाजको लागि अभियान मा वे ग्रुपमा रहेका लंकु धर्मचोकका युवाहरुले भरतपुर महानगर क्षेत्रमा सरसफाई अभियानलाई तिव्र पारेका छन् ।
ग्रुपमा आवद्ध युवा हरुले स्वस्फुर्त रुपमा हरेक हप्ताको सोमबार महानगरका विभिन्न सार्वजनीक स्थलमा सरसफाई गर्नुका साथै स्थानीयलाई सजग बनाउन फोहोर संकलन र व्यवस्थापनका लागी डस्टवीन राख्ने काम गर्दै आएको छ ।
बिभिन्न क्षेत्र का सामाजिक ब्यक्ती लगायत राजनिति दल का चुनाबी उम्मेद्वार को सहभागितामा भरतपुर महानगर को वार्ड न ४ को धर्मचोक देखि अद्दैत चोक सम्म सरसफाई गर्ने र डस्टबिन राख्ने कार्य गरेको ग्रुपका सदस्य जोन कण्डेलले जानकारी दिनुभयो ।