६० हजार दुई सय ९८ उजुरीबारे छानविन जारी

0

काठमाडौँ, १८ पौष । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद सकिन करिब एक महिना बाँकी रहँदा दुवै आयोगले परेका उजुरीहरुको बारेमा अनुसन्धान तीब्र पारेका छन् । आगामी माघ २६ मा दुबै आयोगको तीन बर्से समयावधि सकिदै छ । सत्य निरुपण तथा मेलमिलाप आयोगले ६० हजार दुई सय ९८ उजुरीहरुको बारेमा अनुसन्धान भइरहेको जनाएको छ । आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले आवश्यक जनशक्ति र बजेटको व्यवस्था सरकारले नगरिदिँदा काममा ढिला भएको बताउनुभयो । आयोगको म्याद थपका विषयमा छलफल भइरहेको छ । तर आयोगले सर्वोच्च अदालतको आदेश अनुसारको नयाँ कानुनसहितका केही सर्त राखेको छ । सिआइएन

Share.

Leave A Reply