४२ थान लागु औषध सहित तनहुँमा युवती पक्राउ

0

गैडाकोट, २४ चैत्र । ४२ थान लागु औषधी सहित पक्राउ परेकी युवतीलाई तनुहँ प्रहरीले आज सार्वजनिक गरेको छ ।

तनहुँ व्यास नगरपालिका वडा नं ५ र वडा नं। ४ को सिमाना जोड्ने चाईना पुलमा फेला परेकी युवतीलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा आबुखैरेनी गाउँपालिका वडा नं ५ छिम्केश्वरी बस्ने वर्ष २३ की पुजा मगर रहेकी छिन् ।

उनको शरिर चेकगर्दा झोलामा लुकाई राखेको अवस्थामा Diazepam Injection १ थान, NOOPHIN शिशी १ थान र PHENERGAN  शिशी १ थान गरी ३ वटा शिशीलाई एकै ठाँउमा राखी सेतो टेपले बेरी सेटको रुपमा तयार पारेको Diazepam १४ थान, PHENERGAN १४ थान, NOOPHIN १ थान गरी जम्मा ४२ थान शिशी लागु औषध फेला परेको हो ।

उनलाई लागु औषध मुद्धामा तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको बताईएको छ ।

Share.

Leave A Reply