के थियो ४२ औँ कार्यपालिका बैठकका निर्णयहरु ??हेर्नुहोस् सवै निर्णयहरु । जसले चौथो नगर सभा स्थगीत हुन पुग्यो

0

गैडाकोट, १५ वैशाख । विसं २०७५ पुष मसान्तभित्र बस्नुपर्ने गैडाकोट नगरपालिकाको नगरसभा २०७६ बैशाखमा बस्यो । त्यो पनि स्थगीत भयो ।

कार्यक्रम उद्घाटन पश्चात उपमेयर विष्णुकुमारी कडेँलले अनुगमनको प्रतिवेदन बाचन गर्न जाँदैगर्दा नगरसभा सदस्यहरुले ४२ औँ कार्यपालिका बैठकमा भएका निर्णयहरुको चर्को विरोध गर्दै त्यसलाई नसच्चाएसम्म सभा चल्न नदिने र स्थगीत गर्न पटक पटक आग्रह गरेका थिए ।

तर सभाअध्यक्ष एवम् नगरप्रमुख छत्रराज पौडेलले पटक पटक यस विषयमा बसेर पछि छलफल गर्ने वा कुनै उच्च स्तरीय छानविन समिति बनाएर सत्य तथ्य वाहिर ल्याउने प्रतिवद्धता व्यक्त गरेपनि ४२ औँ कार्यपालिका बैठककाले नीति तथा कार्यविधिलाई कुल्चेर गलत नजिर राख्न खोजेको भन्दै नगरसभासदस्यहरुले खरो विरोध गरे ।

आखिर के थियो ती निर्णयहरु ? विजय एफएमलाई प्राप्त निर्णयहरु निम्न छन् ।

अव नगरसभा कहिले बस्छ अनिश्चित छ ।

 

Share.

Leave A Reply