१९ दिन भरतपुर अस्पतालको आइसियूमा राखेकी सुत्केरीको मृत्यु

0

भरतपुर २८ जेठ ।

भरतपुर अस्पतालमा १९ दिन सम्म आईसियूमा राखेको सुत्केरीको मृत्यु भएको छ । चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त शव वुझ्न मानेका छैनन् । भरतपुर ४ की कोपीला ज्ञवालीको शनिवार विहान ६ वजे मृत्यु भएको हो । मृतकका आफन्तले घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कार्वाही र मृतका छोराछोरीको पालनपोषणको जिम्मा लिनुपर्ने माग गर्दै अस्पतालमा धर्ना दिएका छन् । शुत्केरी वेथा लागेपछि ज्ञवालीलाई जेठ ७ गते भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । जेठ ८ गते अपरेशन गरेर शिशु जन्मिएको थियो ।
सोही दिन नै चिकित्सकको सल्लाह वमोजिम शिशुलाई चितवन मेडिकल कलेजको एनआईसियू र सुत्केरीलाई भरतपुर अस्पतालको आईसियूमा भर्ना गरिएको थियो । १९ दिन सम्म आइसियुमा राखिएको शुत्केरीको विचमा केही सुधार भएको थियो, मृतकका दाई जिवलाल पौडेलले भने, “चिकित्सकलाई सल्लाह माग्दा जहाँ लगेपनि यस्तै हो भन्ने प्रतिकृया दिए ।” पौडेलले चिकित्सकले लापरवाही गरेको आरोप लगाए । उनले चटपट वेचेर दैनिकी गुजरा गर्ने वहिनीको आर्थिक अवस्था निकै कमजोर भएकाले अस्पतालले वालवच्चाको पालनपोषण र शिक्षाको जिम्मेवारी लिनुपर्ने वताए । मृतक कोपिलाका श्रीमानसंगै दुई छोरी छन् ।
अस्पतालले भने सुत्केरीको इन्फेक्सनका कारण मृत्यु भएको बताएको छ । अस्पतालका मेसु रुद्र मरासिनीले डेलिभरिका क्रममा केही समस्या सृजना भएको र पछि इन्फेक्सन भएका कारण सक्दो प्रयास गर्दागर्दै पनि शुत्केरीलाई वचाउन नसकिएको बताए । उनले यसमा चिकित्सकको कुनै कमजोरी नरहेको प्रष्ट पारे । मृतकको आर्थिक अवस्था कमजोर रहेकाले अस्पतालले केही सहयोग गर्ने प्रतिवद्धता जनाएपनि आफन्तको माग गरेका सवैकुरा पुरा गर्न नसकिने मरासिनीले बताए । पिडित परिवारले आईतबार घटनाको निष्पक्ष छानविन गरी न्याय दिलाउन भन्दै जिल्ला प्रशासन कार्यालयमा दबाब दिदैछन् ।

Share.

Leave A Reply