१९९३ मा झैँ हराउला त रसियालाई साउदी अरेबीयाले ?

0

गैँडाकोट, ३१ जेठ । आजदेखि सुरू भएको विश्व फुटबलको महाकुम्भ २१ औं विश्वकप फुटबलको पहिलो खेलमा आयोजक रूसले एसियाली राष्ट्र साउदी अरबलाई पहिलो हाफमा पछि पारेको छ । नेपाली समयअनुसार बेलुकी पौने ९ बजे राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा यी दुई टिमबीच भएको उद्घाटन खेलमा रसिया २–० ले अघि रहेको छ । ८० हजार दर्शकमाझ पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्ने रसियाका लागि अवसर रहेको छ । पछिल्लो समय खराब लयमा रहेको रसिया फिफा वरियतामा विश्वकप खेल्ने राष्ट्रमध्ये सबैभन्दा अन्तिममा ७० औं स्थानमा छ। पहिलो पटक विश्वकप फुटबलको आयोजना गरेको रसिया फुटबलमा खासै राम्रो मुलुक होइन। फिफा वरियतामा पनि विश्वकप खेल्ने राष्ट्रमध्ये सबैभन्दा अन्तिममा ७० औं स्थानमा छ । रसियाले अहिलेसम्म फुटबलको ठूला प्रतियोगिता पनि जित्न सकेको छैन।
यता फुटबलमा एसियाली महारथि साउदी अरेबियाले अहिलेसम्म एसियाबाट ४ पटक विश्वकप खेलिसकेको छ।

अमेरिकामा सम्पन्न सन् १९९४ को विश्वकपमा साउदी अरबले पहिलो पटक सहभागिता जनाएको थियो । विश्वकपमा डेब्यु गरेकै बेला साउदी अरब अन्तिम १६ सम्म पुग्न सफल भएको थियो । विश्वकपमा साउदी अरबको अहिलेसम्मको सबैभन्दा ठूलो सफलता पनि त्यही हो।

त्यसपछि सन् साउदी अरब लगातार तीन विश्वकपमा छनोट भएको थियो । सन् १९९८, २००२ र २००६ मा भएको विश्वकपमा साउदी अरब छनोट भएको थियो। यद्यपी यी तीन विश्वकपमा भने साउदी अरब समूह चरणबाटै बाहिरिएको थियो।

रसिया र साउदी अरबबीचमा अहिलेसम्म २ खेल मात्रै भएको छ । सन् १९९३ मा भएको एक मैत्रीपूर्ण खेलमा साउदी अरबले रसियालाई पराजित गरेको थियो । त्यसखेलमा उत्कृष्ट प्रदर्शन गर्दै साउदी अरबले रसियालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो।

Share.

Leave A Reply