१५० जनाको रक्त समुह परिक्षण

0

अशोज २२ गैँडाकोट ।


२३ औं राष्ट्रिय कण्डम दिवसको अवसरमा गैंडाकोटमा निशुल्क रक्त समुह परिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिवार गैंडाकोट जेसिज, लायन्स क्लब अफ बागेश्वरी गैंडाकोट सिटीको आयोजनामा गैंडाकोट ७ स्थित जनकल्याण बालविकास केन्द«को परिसरमा सम्पन्न कार्यक्रममा १५० जनाले रक्त समुह परिक्षण गराएको गैंडाकोट जेसिजका महासचिव शुसिल काफ्लेले जानकारी दिनुभयो ।

गैंडाकोट नगरपालिका, गैंडाकोट स्वास्थ्य चौकीको सहयोग तथा सिड् मेडिकल ल्याब र ए.एच.एफ.नेपालको प्राविधिक सहयोगमा निशुल्क रक्त परिक्षण गरिएको हो । हाललाई गैंडाकोट वडा न. ७ का स्थानिय लाई लक्षीत गरि गरिएको कार्यक्रम आगामी दिनमा अन्य क्षेत्रमा पनि गर्ने आयोजकले जनाएका छन् । यसअघि कार्यक्रमको उद्दघाटन गर्दै गैंडाकोट नगरपालिकका प्रमुख छत्रराज पौडेलले रक्त परिक्षण मानव जिवनमा अत्वाश्यक रहेको भन्दै सवैलाई रक्त परिक्षण गर्न आग्रह गर्नुभएको थियो ।

उहाँले स्वास्थ्य जस्तो क्षेत्रमा जेसिजले गरेको कामको प्रशंसा गर्दै यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रममा गैंडाकोट जेसिजका संस्थापक अध्यक्ष बद्रि सापकोटा, गैंडाकोट स्वास्थ्य चौकीका प्रमुख इन्द«राज सापकोटा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम गैंडाकोट जेसिज बर्ष २०१७ का अध्यक्ष गणेश शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply