१३ जिल्लाबाट २१ जनालाई कुखुरा पालन तालिम

0

गैंडाकोट
फागुन ६ देखि सञ्चालित १० दिने आयमूलक कुखुरा पालन तालिम गंैडाकोटमा मंगलबार समापन गरिएको छ ।
सुआहारा (असल पोषण) कार्यक्रम अन्तर्गतका स्थानीय व्यक्तिहरुलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा १३ जिल्लाबाट २१ जनाको सहभागिता रहेको थियो । खास गरी गर्भवति, सुत्केरी एवं २ वर्षमूनीका बालवालिका र आमाहरुको पोषण अवस्थामा सुधार ल्याउने लक्षका साथ सुआहारा कार्यक्रम सञ्चालन गरिएको हो ।


कार्यक्रमले नेपालका सुदुर पुर्व र सुदुर पश्चिमका जिल्लाहरुका विपन्न समुदायलाई समेटेको र सोही समुदायबाट महिला एवं पुरुषहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण डा. जगदिश पाण्डेय, डा. अजित झा र डा. अन्जय शाहले गर्नु भएको थियो । विजय विकास स्रोत केन्द्र, गैंडाकोटका अध्यक्ष हरिलाल सापकोटको अध्यक्षतामा समापन गरिएको औपचारिक कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय, नवपरासीका वरिष्ठ पशु विकास अधिकृत शिव प्रकाश आचार्य, संस्थाका कार्यकारी निर्देशक प्रेमकृष्ण मानन्धरको आतिथ्यता रहेको थियो ।

Share.

Leave A Reply