होलीमा सवारी नियम उल्लघंन गर्ने ७ मोटरसाइकल गैडाकोट प्रहरीको नियमन्त्रणमा

0

गैडाकोट, ६ चैत्र । होली पर्वमा सवारी नियम उल्लघन गर्ने ७ वटा मोटरसाइकललाई इलाका प्रहरी कार्यालय गैडाकोटले नियन्त्रणमा लिएको छ । तीन जना सवार गरि मोटरसाइकल चलाउने धेरै रहेको पाइएको थियो ।

त्यस्तै तीन जना मापसे गर्नेलाई पनि नियन्त्रणमा लिएको इन्स्पेक्टर लोक वहादुर जिसीले विजय एफएमलाई जानकारी दिनुभयो । प्रहरीले अवेर रातिसम्म चेकजाँच गरेको थियो ।

होलीका अवसरमा त्यस्तो अप्रिय कुनैपनि घटना नभएको उहाँको भनाई छ । समग्रमा हाल सम्म शान्तिपूर्ण रुपमा होली पर्व खेलेको पाइएको जिसीको भनाई छ ।

नियन्त्रणमा लिइएको मोटरसाइकल आजै साँझ जरिवान तिराएर छाडिने जिसीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply