हेटौंडा उपमहानगरपालिकाको बजेट १ अर्ब ८१ करोड

0


हेटौँडा, १० असार । हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६र७७ को लागि १  अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार भएको उपमहानगरपालिकाको पाँचौ नगरसभाको बैठक मार्फत नगर उपप्रमुख मिना कुमारी लामाले आर्थिक वर्ष २०७६र७७ को लागि १ अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । नगरसभा बैठकमा नगर उपप्रमुख लामा आर्थिक वर्ष २०७६र७७ का लागि क्षेत्रगत बजेट विनियोजन गरेको बताउनुभयो ।
जस अनुसार उपमहानगरपलिकाले पूर्बाधार बिकाशका लागि ८६ करोड १२ लाख ५० हजार रुपैयाँ छुट्याएको बताउदै जसमा बस टर्मिनल भवनका लागि ३ करोड, मुख्य बजार क्षेत्रमा सुविधायुक्त भ्यु टावर निर्माणका लगि २ करोड, हेटौँडा १०मा रहेको बसपार्कलाई व्यवस्थीत गर्न र पुर्वी क्षेत्र तर्फजाने सवारीका लागि बसपार्क निर्माणका लगि २ करोड विनियोजन गरेको बताउनुभयो ।

Share.

Leave A Reply