हेटौंडामा मनी ट्रान्सफरमा चोरीे, बैंक तोडफोड गरेर चोर्ने प्रयास असफल

0

हेटौंडा, भदौ १४

हेटौंडाको मुख्य बजार क्षेत्रमा रहेको मनी ट्रान्सफरमा चोरी भएको छ भने एसबीआई बैंक तोडफोड गरेर चोर्ने प्रयास भएको छ । हेटौंडा–१० मा रहेको साथीको मनी ट्रान्सफरमा गएराति चोरी भएको हो । मनी ट्रान्सफरको सटर फोडेर नगद तथा रिचार्ज कार्ड चोरी भएको मकवानपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले मनी ट्रान्सफरको सटर फोडेर चोरी भएको पुष्टि गरे । नगद र कतिको रिचार्ज कार्ड चोरी भयो भन्ने अहिलेसम्म खुलेको छैन । यसैबीच, हेटौंडा–१०, टीसीएन रोड सीता भवनमा रहेको एसबीआई बैंकको अघिल्लो भागका सटर फोडेर गएराति नै चोरीको प्रयास भएको छ । प्रहरी नायब उपरीक्षक सिंहले प्रहरी गस्ती हुने बजार क्षेत्र र बसपार्क जानका लागि प्रयोग गरिने व्यस्त सडक छेउमा रहेको बैकको ३ सटर फोडेर चोरीको प्रयास भए पनि लुटेरा असफल भएको जानकारी दिए । प्रहरी नायब उपरीक्षक सिंहका अनुसार, प्रहरीले अहिले यी दुवै घटनाबारे अनुसन्धान थालेको छ ।

Share.

Leave A Reply